कम हुँदै कोरोना भाइरस सङ्क्रमित

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०८०
|
|
४७ पटक हेरिएको
Shares
कम हुँदै कोरोना भाइरस सङ्क्रमित

सारांश

  • काठमाडौं ।
  • कोरोना भाइरस सङ्क्रमितको संख्या क्रमशः कम हुँदै गएको छ ।
  • विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको हो ।

काठमाडौं । कोरोना भाइरस सङ्क्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात सय ६८ जनामा गरिएको परीक्षणमा चार जनामा मात्र सङ्क्रमण देखिएको छ । यही जेठ ६ गते १४ जना, जेठ ५ गते ३०, जेठ ४ गते २४, जेठ ३ गते २४, जेठ २ गते २१ र जेठ १ गते २१ जनामा सङ्क्रमण देखिएको छ ।

इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा पनि सङ्क्रमण कम भएकाले नेपालमा घट्दो रहेको बताए। उनले भारतबाट सङ्क्रमित नेपाल नआउनु र कोरोना भाइरस विरुद्धको खोपको प्रभावले सङ्क्रमण घटेको बताए ।

‘भारतमा पनि सङ्क्रमण कम थाल्यो । नेपालमा खोपको प्रभाव देखियो’, उनले भने, ‘समुदायमा खोप लगाएमा मानिसको सङ्ख्यामा धेरै भएकाले सङ्क्रमण पनि सर्न पाएन । त्यसैले सङ्क्रमण घटिरहेको छ ।’ उनले कोरोना भाइरस घट्ने बढ्ने भइरहेकाले अब बढ्दैन भन्ने अवस्था नरहेको बताए ।

अहिलेसम्म ७० जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै तीन आइसोलेशन, एक जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । गत चैत महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखापरेपछि सङ्क्रमण बढेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ
हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ
ललितपुरमा अपराधका घटना वृद्धि !
ललितपुरमा अपराधका घटना वृद्धि !
जुँगा पालेबापत मासिक तलब बुझ्दै कालीबहादुर
आज विश्व मधुमेह दिवसः महिलालाई मधुमेहबारे सचेत बनाउनु आवश्यक
आज विश्व मधुमेह दिवसः महिलालाई मधुमेहबारे सचेत बनाउनु आवश्यक
एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह
एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !
सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !
अर्काे प्रश्न साेधेकाे भन्दै डाेनाल्ड ट्रम्पले गरे पत्रकारको परिचय पत्र निलम्बन
अर्काे प्रश्न साेधेकाे भन्दै डाेनाल्ड ट्रम्पले गरे पत्रकारको परिचय पत्र निलम्बन
तेलुगु चलिचित्रको छायांकन नेपालमा
तेलुगु चलिचित्रको छायांकन नेपालमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर