आज सेयर कारोबार किन भएन ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ३०, २०७८
|
|
१९ पटक हेरिएको
Shares
आज सेयर कारोबार किन भएन ?

सारांश

  • ब्रोकर डाटा सेन्टरमा देखिएको समस्या समाधान नभएपछि आज सोमवारका लागि शेयर कारोबार बन्द भएको छ ।
  • डाटा सेन्टरको समस्याका कारण दिउँसो १२ बजेर ५३ मिनेटदेखि शेयर कारोबार रोकिएकोमा समस्या समाधान गरेर बेलुका भए पनि बजार खोल्ने नेप्सेको तयारी थियो ।
  • तर डाटा सेन्टरमा देखिएको समस्या पत्ता नलागेकाले आजका लागि कारोबार बन्द गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

ब्रोकर डाटा सेन्टरमा देखिएको समस्या समाधान नभएपछि आज सोमवारका लागि शेयर कारोबार बन्द भएको छ ।

डाटा सेन्टरको समस्याका कारण दिउँसो १२ बजेर ५३ मिनेटदेखि शेयर कारोबार रोकिएकोमा समस्या समाधान गरेर बेलुका भए पनि बजार खोल्ने नेप्सेको तयारी थियो ।

तर डाटा सेन्टरमा देखिएको समस्या पत्ता नलागेकाले आजका लागि कारोबार बन्द गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । समस्या समाधानमा समय लाग्ने भएकाले आजका लागि कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ ।

कारोबार रोकिनुअघि नेप्से शून्य दशमलव १५ अङ्कले बढेको थियो । २३ लाख ४९ हजार कित्ता शेयर एक अर्ब ३४ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । हिजो आइतवार नेप्से एक सय एक अङ्कले बढेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?