विवादका कारण कांग्रेसको महाधिवेसन अन्यौलमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १८, २०७६
|
|
१७ पटक हेरिएको
Shares
विवादका कारण कांग्रेसको महाधिवेसन अन्यौलमा

सारांश

  • नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि यसै वर्ष्भित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने छ ।
  • तीनै तहको निर्वाचनमा पराजय भोगेपछि कमजोर बनेको कांग्रेसको नेतृत्वले समयमै महाधिवेशन गर्नका लागि भने चासो देखाएको छैन ।
  • जसले गर्दा पार्टी्भित्र विमति बढ्दै गएको छ ।

नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि यसै वर्ष्भित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने छ । तीनै तहको निर्वाचनमा पराजय भोगेपछि कमजोर बनेको कांग्रेसको नेतृत्वले समयमै महाधिवेशन गर्नका लागि भने चासो देखाएको छैन । जसले गर्दा पार्टी्भित्र विमति बढ्दै गएको छ । समयमै महाधिवेशन गर्नुपर्ने र अवधि लम्ब्याउनुपर्ने दुई थरी आवाज उठ्न थालेको छ ।

कांग्रेसमा १४ औं महाधिवेशन कहिले गर्ने भन्नेमा आन्तरिक टकराव देखिन थालेको छ । महाधिवेशन गर्ने विषयमा सभापति शेरबहादुर देउवा पक्ष र अन्य गुटहरुबीच विमति देखिएको छ । देउवा पक्षले विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल लम्ब्याउन चाहेका छन् । चुनावमा पराजित भएपछि पार्टी्भित्रैबाट चर्को आलोचना खेपेका देउवाले एक वर्ष भए पनि सभापतिको पद जोगाउने

उपाय खोजेका छन् । जसलाई उनी निकट मानिने नेताहरुले समर्थन गरिरहेका छन् । देउवा पक्षधर मानिने नेता गोपालमान श्रेष्ठले विधानअनुसार सभापतिले एक वर्ष समय थप्न पाउने भएकाले अर्को वर्ष मात्रै महाधिवेशन गर्दा पनि केही फरक नपर्ने तर्क गर्छन् ।

तर देउवाइतर नेताहरुले भने जसरी भए पनि चार वर्षभन्दा बढि एक दिन पनि अहिलेको कार्यसमितिको अवधि लम्ब्याउन नहुनेमा जोड दिइरहेका छन् । विधानमा एक वर्ष थप्ने व्यवस्था भए पनि अहिले त्यसका लागि उचित कारण नै नभएको युवा नेता प्रदिप पौडेलको तर्क छ ।

सभापति देउवाको चर्को विरोध गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि समय नथपिकन महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल लम्ब्याउन अहिले जरुरी नभएको पौडेलको भनाई छ ।

पार्टी विधानको दफा ४३ ले ‘असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ’ भन्ने उल्लेख गरेको छ । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा पनि ५ वर्ष्भित्र केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

विशेष कारण परे ६ महिना बढाउन सकिने व्यवस्था संविधानमा उल्लेख छ । देउवाले यही प्रावधान टेकेर थप डेढ वर्ष बढाउन चाहेका छन् । तर संस्थापन इतरपक्षले देउवाको चाहना पूरा हुन नदिने भन्दै दबाब दिइरहेका छन् ।

कञ्चन बनिन् प्रिन्सेस डायना अवार्ड पाउने पहिलो नेपाली
नेपाली चेली कञ्चन अमात्यले ’प्रिन्सेस डायना अवार्ड’ पाएकी छन्। अमेरिकमा रहेर राष्ट्रसंघमार्फत् महिलाको आर्थिक सशक्तिकरणको अभियानमा रहेकी अमात्य उक्त अवार्ड पाउने पहिलो नेपाली हुन्।

१९९७ मा प्रिन्सेस डायनाको कार दुर्घटनाबाट फ्रान्समा निधनपछि नै बेलायती राजपरिवारले मानवीयता र सामाजिक क्षेत्रमा काम गर्ने युवालाई उक्त अवार्ड डायनाको जन्मदिनमा दिँदै आएको छ।

डायनाको सम्झनास्वरुप उक्त अवार्डको आरम्भ गरिएको हो। २० वर्षदेखि उक्त अवार्ड राजपरिवारबाट उपलब्ध गराइदै आएको छ। डायनाका दुई छोरा प्रिन्स विलियम र प्रिन्स ह्यारीले उक्त अवार्ड डायनाले बाल्यकाल बिताएको घरमा उपलब्ध गराउँदै आएका छन्। पाटनकी कञ्चन अहिले अमेरिकामा अध्ययनरत छन्। उनी राष्ट्रसंघमा युवा र महिलाका लागि सक्रिय छन्।

उनले यसअघि पनि अमेरिकामा विभिन्न अवार्ड पाएकी थिइन्। उनले नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसबाट समेत जिम्मेवार पाएकी थिइन्। काठमाडौँ सेन्ट मेरिजको पढाई सकेर उनी नर्वे हुँदै अमेरिका पुगेकी हुन्। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?