देउवाले लिएनन् नेविसंघले दिएको चश्मा उपहार, के थियो चश्मामा ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
३४ पटक हेरिएको
Shares
देउवाले लिएनन् नेविसंघले दिएको चश्मा उपहार, के थियो चश्मामा ?

सारांश

  • काठमाडौं, १३ फागुन ।
  • नेपाली कांग्रेस निटक नेपाल विद्यार्थी संघले दिएको चश्मा उपहारलाई कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा बसिरहँदा नेपाल विद्यार्थी संघका नेता÷कार्यकर्ताहरुले “गुटरहित” लेखेको चश्मा देउवालाई उपहार दिएका थिए ।

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस निटक नेपाल विद्यार्थी संघले दिएको चश्मा उपहारलाई कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा बसिरहँदा नेपाल विद्यार्थी संघका नेता÷कार्यकर्ताहरुले “गुटरहित” लेखेको चश्मा देउवालाई उपहार दिएका थिए ।

कांग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुई गुटमा विभक्त छन् । कांग्रेसमा त्यसबाहेक अन्य थुप्रै गुट–उपगुट क्रियाशील छन् । विद्यार्थी नेता÷कार्यकर्ताहरुले भने कांग्रेसमा गुटउपगुटको अन्त्य हुनुपर्ने मागसहित केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । विद्यार्थीहरुले आइतवार नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?