कांग्रेसमा विवाद बल्झियो, विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
२७ पटक हेरिएको
Shares
कांग्रेसमा विवाद बल्झियो, विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी

सारांश

  • काठमाडौं।
  • महासमिति बैठकले गरेको निर्णय केन्द्रीय कार्यसमितिबाट उल्टाएको भन्दै कांग्रेस जिल्ला सभापतिलेहरुले विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी दिएका छन्।
  •   कांग्रेसका ५६ जिल्लामा सभापतिले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै महासमिति बैठकले गरेका निर्णय कार्यान्वयन नगरे विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी दिएका हुन्।
काठमाडौं। महासमिति बैठकले गरेको निर्णय केन्द्रीय कार्यसमितिबाट उल्टाएको भन्दै कांग्रेस जिल्ला सभापतिलेहरुले विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी दिएका छन्। 
कांग्रेसका ५६ जिल्लामा सभापतिले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै महासमिति बैठकले गरेका निर्णय कार्यान्वयन नगरे विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी दिएका हुन्।
कांग्रेसको पुस २९ देखि माघ ९ गतेसम्म काठमाडौंमा सम्पन्न महासमिति बेठकले  विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अवसर नदिने सम्बन्धि व्यवस्था थप गर्ने सम्बन्धमा ऐक्यबद्धता जनाएका थिए।  तर महासमिति बैठकमा  सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै बुथ कमिटिबाटै निर्वाचित भएर आउनुपर्ने र सरकारी तथा पार्टीको पदमा आरक्षणको अवसर एकपटक मात्रै दिनुपर्ने विषयमा सहमति भएको थियो।
त्यतिबेला सभापति शेरबहादुर देउवाले सोही अनुसार केन्द्रीय समितिबाट विधान पारित गरिने बताएका थिए। तर केन्द्रीय समिति बैठकले महासमितिको सुझावलार्य बेवास्ता गर्दै बहुमतको आधारमो विधान पारित गरेको थियो। विधान पारितसम्बन्धि निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले पक्षले फरक मत राखेको थियो। 
संशोधित विमानमा केन्द्रीय सदस्यहरु पनि महाधिवेशनमा तल्लो तहबाटै चुनिएर आउनुपर्ने प्रवाधान राखेर संशोधित विधान पारित गर्न महासमिति बैठकले निर्देशन दिएको थियो।
समानुपातिक समावेशीमा पनि पटक पटक एउटैलाई अवसर नदिने गरी विधान संशोधन हुनुपर्ने महासमिति बैठकको निर्देशन थियो। महासमिति बैठकले प्राप्त सुझावलाई समावेश गरी विधान पारित गर्न भनेपनि केन्द्रीय समितिमा बहुमतको आधारमा संशोधित विधान पारित गरिएको थियो।
५६ जिल्लाका सभापतिले महासमिति भन्दा केन्द्रीय समिति ठूलो हुन नसक्ने कुरालाई पार्टी सभापतिले उपेक्षा गर्नु दुर्भाग्यपूर्ण भनेका छन्। ‘उक्त दुई विषयलाई  पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको (दड्ड नड्ड९३) महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ,’ संयुक्त विज्ञप्तिमा नभिएको छ। .
महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निरास बनाएको जिल्ला सभापतिहरुले निष्कर्ष निकालेका छन्। उनीहरुले पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने उक्त निर्णय माथि पूनर्विचार गर्न माग गरेका छन। आफूहरुको माग पूरा नभए विशेष महाधिवेशनकालागि पहल गर्ने चेतावनी पनि दिएका छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?