३३ किलाे सुन प्रकरण : रमेश खरेल सहित एआईजी र डिआइजीद्वयले यसरी किन गरे अभियुक्तको बचाउ ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
१८ पटक हेरिएको
Shares
३३ किलाे सुन प्रकरण : रमेश खरेल सहित एआईजी र डिआइजीद्वयले यसरी किन गरे अभियुक्तको बचाउ   ?

सारांश

  • काठमाडौं, २१ जेठ ।
  • ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी, पूर्व डिआइजीद्वय हेमन्त मल्ल र रमेश खरेलले एसएसपी दिवेश लोहनी,डिएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेल काबिल प्रहरी अधिकारी भएको र उनीहरुमाथि अभियोग लगाउनु त्रुटी भएको भन्दै   मिडियामार्फत गृह मन्त्रालयको छानविन समिति संयोजक इश्वराज पौडेल नै अनुभवहिन भएको आरोप लगाए ।
  • पूर्व डीआइजी रमेश खरेलले चरेशको गिरोह समात्न कुनैबेला आफू ७ केजी चरेश बेच्न गएको प्रसंग सुनाउँदै यो प्रकरणले नेपाल प्रहरीका लोहनी जस्ता क्षमतावान र इमान्दार अनुसन्धानकर्ताहरुको शिर निहुँरिएको उल्लेख गरेका थिए।

काठमाडौं, २१ जेठ । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी, पूर्व डिआइजीद्वय हेमन्त मल्ल र रमेश खरेलले एसएसपी दिवेश लोहनी,डिएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेल काबिल प्रहरी अधिकारी भएको र उनीहरुमाथि अभियोग लगाउनु त्रुटी भएको भन्दै   मिडियामार्फत गृह मन्त्रालयको छानविन समिति संयोजक इश्वराज पौडेल नै अनुभवहिन भएको आरोप लगाए ।

पूर्व डीआइजी रमेश खरेलले चरेशको गिरोह समात्न कुनैबेला आफू ७ केजी चरेश बेच्न गएको प्रसंग सुनाउँदै यो प्रकरणले नेपाल प्रहरीका लोहनी जस्ता क्षमतावान र इमान्दार अनुसन्धानकर्ताहरुको शिर निहुँरिएको उल्लेख गरेका थिए। तर, यहाँ यस्ता तथ्यहरु छन् जसले उनीहरुको आरोप र तर्कको कुनै अर्थ राख्दैन।

– अदालतले एसएसपी लोहनीले गतल मनासयले काम गरेको भन्दै थुनामा पठाएको थियो । अदालतको आदेशमा भनिएको छ ‘सनम शाक्यको हत्या भएको जानकारी पाए लगत्तै सम्बन्धित इलाका प्रहरीलाई घटनाको जानकारी नगराई दोषीलाई तुरुन्तै पक्राउ गराउनु पर्ने कानुनी कर्तव्य रहेकोमा एसएसपी लोहनीले सो कार्य नगरी आफ्ना प्रहरी अधिकृतलाई खटाएको देखिन्छ । त्यसरी खटाउँदा आफुले माथिल्लो तहबाट निर्देशन लिएको भन्ने निजको भनाइतर्फ विचार गर्दा माथिल्लो निकायबाट पनि गैरकानुनी कार्य गर्न निजलाई निर्देशन भएको भन्ने संझन पनि मिल्दैन।

त्यस्तै, अदालतले डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले हत्या र तस्करीका मुख्य नाइके चुडामणी उप्रेती गोरसँग फोन सम्पर्क गरी केस मिलाउने सन्दर्भमा वार्ता गर्दै धरानमा मृतकको लास मगाएको र लासलाई मोरङ पुर्याइ रातभर होटेलमा राखेर शंकास्पद कार्य गरेको जनाएको छ । ‘चालक टेकराज मल्ल ठकुरीसँग निज प्रहरीको धरानमा भेट भई सो ठाँउबाट लास विभिन्न ठाँउमा घुमाउदै इटहरीबाट धरान लगिएको र पुनः इटहरीबाट विराटनगर लगेर मात्र लास बरामद गरेको देखाइ जिल्ला प्रहरी कार्यालय मोरङलाई बुझाएको देखिन्छ युनाइटेड पाेस्ट साप्ताहिकमा खबर छ । उक्त लास विभिन्न ठाँउमा घुमाइरहेको समयमा गोरे समेतका मुख्य अभियक्तहरुले भाग्ने उम्कने मौका पाएको देखिन्छ भने उर्लावारीको लास धरान इटहरी हुँदै मोरङ ल्याउनु पर्ने त्यस्तो के गम्भीर परिस्थित परेको हो भन्ने कुरा मिसिलबाट खुल्दैन। ‘आदेशमा थप उल्लेख छ।

अपराधी पक्राउ गर्न रकमको बार्गेनिङ गरिरहेको भन्ने समेत सई बालकृष्ण संञ्जेल र डिएसपी प्रजित केसीको बयानबाट देखिएको छ। अदालतको दृष्टिमा उनीहरुको भनाइ बमोजिम न त मुख्य अभियुक्तहरु पक्राउ परे, न त उनीहरुले कानुन अनुकुलको कार्य गरेको देखियो।’

अपराधी पक्राउ गर्न रकमको बार्गेनिङ गरिरहेका डिएसपी प्रजित केसी र सई बालकृष्ण संञ्जेलले बयानमा उल्लेख गरेका छन् । तर, खरेलले अपराधी पक्राउ गर्न चरेसको प्रसँग गरे जस्तो न त हत्या र तस्करीका नाइके गोरे पक्राउ परे, न त सुन नै बरामद् भयो । यो कुरालाई अदालतले गम्भिर त्रुटिका रुपमा लिएको छ । लोहनी र केसीले गरेको अर्को गम्भिर गल्ती हो, हत्याका योजनाकार गोरेलाई अभियुक्त नबनाउनु । गोरे, केसी र सन्जेलबीचको बार्तालापमा पनि गोरेलाई अभियुक्त अर्थात प्रतिबादी नबनाउने सम्झौता भएको छ। जुन कुराको अडियो नै बाहिर आएको छ। अनी यो पनि अभियुक्त समात्ने नाटक हो र ? भण्डारी,मल्ल र खरेलले भने जस्तै लोहनी काबिल प्रहरी अधिकारी हुन। के उनीहरुले माथिका यि तथ्यलाई लोहनी काबिल प्रहरी अधिकारी भनेकै भरमा नकार्न सक्छन त ?

 

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Tanka Giri

    यदि यस्ता तस्करको बचाउमा रमेश खरेल सकृय देखिएमा अहिले सम्म रमेश खरेलमाथी नेपाली जनताले गरेको बिश्वास अबसानहुनेछ

    Comment Author

    Dev Gc

    सायद हुनसक्छ एसै 38quintel सुन तस्करी भित्र यिनको पनि संलग्नता पो छ कि ।।।पछी लहरो तान्दै जांदा अफुहरु पनि फस्ने डरले अहिले आवाज उठाउंदै अनुसन्धान र कामकारबाहीलाइ कम्जोर पार्ने सडयन्त्र पो हो कि अब यिनैहारुलाइ पनि छानबिन गर्नु पर्छ किनभने चोर पहिलै तर्किने र आफ्नो बचाउ मा बोल्ने गर्छ।।।।

    Comment Author

    Bimal Basnet

    Samacharko aadharma kp oi cor

    Comment Author

    Phul Garbuja Pun

    यिनीहरु पनित कुन ड्यांका मुला हुन र? के नौलो कुरा हुन र?। सबैले राम्रा भन्थे क्यारे देखाईदिनु भयो राम्रो।

    Comment Author

    Sunena Kandangwa

    Aig rajedra sigh vadariko interview herako chou aig le dibas lohonilai nirdos vaneka chan pragit kc ra sai sangal lai vaneko chaina maile 2 digko interview harako chAina khabardar patrakar jgantale timarko ghati nimithnu parla kahbardar sakar nirdosilai jail mukta gar hoina vane jantale ghapat dinu parla

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?