सल्यानको कालिमाटी गाउँपालिकाको कुनै वडामा छैन बिजुली

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
३१ पटक हेरिएको
Shares
सल्यानको कालिमाटी गाउँपालिकाको कुनै वडामा छैन बिजुली

सारांश

  • सल्यान, १७ पुस ।
  • सल्यानको कालिमाटी गाउँपालिकामा कुनै पनि वडालाई बिजुली बत्तीले छोएको छैन ।
  • बिजुली बत्ती नभएपछि अरु काम त परैको कुरा, सिंगो गाउँपालिकाबासी अन्धकारमा बस्न बाध्य भएका छन् ।

सल्यान, १७ पुस । सल्यानको कालिमाटी गाउँपालिकामा कुनै पनि वडालाई बिजुली बत्तीले छोएको छैन । बिजुली बत्ती नभएपछि अरु काम त परैको कुरा, सिंगो गाउँपालिकाबासी अन्धकारमा बस्न बाध्य भएका छन् ।

सातवटा वडा रहेको कालिमाटीमा बिजुली वत्तीको पहुँच नपुग्दा स्थानीयहरु धेरै कुरामा पछाडि परेका छन् । विद्युत अभावमा गाउँपालिकाका कामकारवाहीहरु झनै प्रभावित देखिएका छन् ।

स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका कार्यालयले नागरिकलाई सेवा प्रवाह गर्दा विद्युत अभावमा प्रभावकारी हुन नसकेको पाइएको छ भने दैनिक कार्य सम्पादनमा समेत बाधा पुग्ने गरेको छ । कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बिजुली बत्ती नहुँदा उत्पन्न हुने समस्या आफूहरुले झेल्नुपरिरहेको बताए ।

उनले भने “बिजुली नहुँदा कार्यालयमा सञ्चालन हुने हरेक काममा समस्या उत्पन्न हुने गरेको छ । विद्युत अभावकै कारण हाम्रो गाउँपालिका टेलिफोन, इन्टरनेट तथा बैंक सेवाबाट वञ्चित हुनुपरेको छ ।” कतिपयले वैकल्पिक उर्जाको रुपमा सोलार जोडेको भएपनि अझै स्थानीयहरु टुकी बालेर अँध्यारो हटाउनुपर्ने बाध्यतामा रहेको गाउँपालिकाका उपाध्यक्ष सहनशीलता ओलीले बताइन् ।

“गाउँपालिकाबासीलाई कुटान, पिसानदेखि मोबाइल चार्ज गर्न समेत समस्या छ”, ओलीले भनिन्, “गाउँपालिकाको कार्यालयमा पनि कर्मचारीहरुले बिजुली अभावमा काम गर्न कठिनाई हुने गरेको सुनाइरहन्छन् ।”

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Yogesh Oli

    kaholaa sdki rale khachh hujur

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१३९ कोरोना संक्रमित थपिए, ६२६ डिस्चार्ज
१३९ कोरोना संक्रमित थपिए, ६२६ डिस्चार्ज
एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह
एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह
चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री लोप हुँदै
चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री लोप हुँदै
कञ्चनपुरमा ११ महिनामा १० जना महिला तथा बालबालिकाको उद्धार
कञ्चनपुरमा ११ महिनामा १० जना महिला तथा बालबालिकाको उद्धार
‘नाइँ मलाई थाहा छैन’लाई दुई करोड पचास लाख बढी  भ्युज
‘नाइँ मलाई थाहा छैन’लाई दुई करोड पचास लाख बढी भ्युज
प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले पेन्सन बढ्ने
प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले पेन्सन बढ्ने
अख्तियारकोमुद्दाका विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने
अख्तियारकोमुद्दाका विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने
निर्वाचनको मुखमा राज्यकोषबाट ४ करोड ५८ लाख वितरण,रकम सकिएपछि अर्थसँग मागियो १० करोड
निर्वाचनको मुखमा राज्यकोषबाट ४ करोड ५८ लाख वितरण,रकम सकिएपछि अर्थसँग मागियो १० करोड
विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै
विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै
प्रदेश भीआईपी सुरक्षामा ३ अर्ब बढी थप खर्च !
प्रदेश भीआईपी सुरक्षामा ३ अर्ब बढी थप खर्च !

तपाईंले छुटाउनुभयो कि?