७५ वर्षिय वृद्धाले नागरिकता वुझदै भनिन् –“अव मैले पनि भत्ता पाउछु”
सारांश
- माधव बेल्वासे कपिलवस्तु ,१९ पुष ।
- उमेरले थलिएको शरीर, कपाल सेतै फुलेको,चाउरी परेको अनुहारमा एकाएक खुसी छाएको थियो ।
- श्रीमान जयसराम अहिर सग चन्द्रौटा इलाका प्रशासनका कार्यलयको अगाडी उनी रहेकी थिइन ।
माधव बेल्वासे
कपिलवस्तु ,१९ पुष । उमेरले थलिएको शरीर, कपाल सेतै फुलेको,चाउरी परेको अनुहारमा एकाएक खुसी छाएको थियो । श्रीमान जयसराम अहिर सग चन्द्रौटा इलाका प्रशासनका कार्यलयको अगाडी उनी रहेकी थिइन ।७५ वर्षीय हुदा सम्म उनलाई नेपाली नागरिकता कस्तो हुन्छ भन्ने थाहा पनि थिएन ।
कपिलवस्तुको विजयनगर गाउपालिका १ गुगौली निवासी धनपाती अहिरले ७५ बर्षीको उमेरमा नेपाली नागरिता प्रमाण पत्र पाइन । इलाका प्रशासन कार्यलय चन्द्रौटा वाट वुधवार उनले नागरिकता पाएकी हुन ।गाउपालिकाको सिफारीस पछि श्रीमान जयसराम अहिरले उनलाई चन्द्रौटा इलाका प्रशासनमा ल्याएर आएका थिए ।नागरिकता नहुदा विभिन्न सेवा सुविधा वाट वन्चीत हुदा सम्म उनलाई केही थाहा थिएन ।नेपाल सरकाारले के के कति सुविधा दिन्छ भन्ने उनलाई अहिले सम्म पनि थाहा छैन ।

वि श २००० मा जन्म भएको अहिरले अव नागरिकता बनेपछी भत्ता पाउने भएकी छिन । आफु भन्दा कम उमेरकाहरुले भत्ता पाउदा उनको नागरिकता थिएन ।गाउलेहरुले वृद्धा भत्ता पाईन्छ भने पछि श्रीमानले उनलाई नागरिकता बनाउने योजना सहित वडामा गएको वताए ।
सरकारले भत्ता दिने भएपनि नागरिता नहुदा वन्चीत हुनुपरेको उनको भनाई रहेको थियो । इलाका प्रशासनका प्रमुख जगदिश अर्यालले वृद्धा नागरिकता बनाउन आएको थाहा पाएपछि कार्यक्रमवाट छिटै कार्यलय तर्फ फर्किएको वताए ।कार्यलय आइपुग्दा साझ ५ वजेको थियो ति वृद्धाले अर्यालको पर्खाईमा थिइन तर कार्यलय समय सकिएको भएपनि प्रमुख अर्यालले वृद्धाले नागरिकता वनाईदिए । नागरिकता वुझ्दै वृद्धाले खुसी हुदै भनिन् “अव मैले पनि वृद्धा भत्ता पाउछु” ।
प्रतिक्रिया