सरकारले ल्यायो श्रमिकलाई पेन्सन, आजदेखि शुरुवात

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सरकारले ल्यायो श्रमिकलाई पेन्सन, आजदेखि शुरुवात

सारांश

  • काठमाडौं ।
  • निजी क्षेत्रमा काम गर्ने श्रमिकलाई अवकाशपछि आजीवन पेन्सनको व्यवस्थासहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ ।
  • कार्यक्रमको सरकारले आजदेखि औपचारिक रुपमा शुरुवात गर्दैछ ।

काठमाडौं । निजी क्षेत्रमा काम गर्ने श्रमिकलाई अवकाशपछि आजीवन पेन्सनको व्यवस्थासहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ । कार्यक्रमको सरकारले आजदेखि औपचारिक रुपमा शुरुवात गर्दैछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गरेको छ ।

सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा पाउनेछन् । श्रमिकले कोषबाट औषधि उपचार, स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा, वृद्धावस्था सुरक्षा योजनाअनुसारको रकम पाउनेछन्।

औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श, अस्पताल भर्ना, शल्यक्रियाको शुल्क, रोगको परीक्षण उपचार खर्च, औषधिको बिल अनुसारको खर्च सरकारले दिनेछ ।

श्रमिकका श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्मको शिशुको उपचार खर्च दिनेगरी व्यवस्था गरिएको छ । महिला श्रमिकलाई वा पत्नीलाई प्रसूति भएमा स्याहारका लागि प्रतिशिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम दिइनेछ । बच्चा जन्मकेको २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत दिइनेछ । पतिपत्नी दुवै योगदानकर्ता भएमा कुनै एक जनाले मात्र सुविधा पाउनेछन् ।

श्रमिक रोजगारीको क्रममा दुर्घटनामा परी, व्यवसाय गर्दा रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च राज्यककोषबाट पाउनेछन् । रोजगारदाताले तोकेको काम गर्दा वा समयभित्र भएको कामको लागि आउने वा जाने क्रममा भएको जुनसुकै दुर्घटनालाई रोजगारीजन्य दुर्घटनामा मानिएको छ । रोजगारीजन्य दुर्घटना भएमा कोषले ७ लाखसम्मको मात्र उपचार खर्च व्यहोर्नेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रममा योगदान दिनेका लागि सामाजिक सुरक्षा कोषबाट वृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको हो । निजी क्षेत्रका कम्तीमा ३५ लाख श्रमिकलाई पेन्सन दिनेगरी सामाजिक सुरक्षा ग्यारेन्टी कार्यक्रम ल्याइएको हो ।

सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायत सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योगदान गर्नुपर्नेछ । कोषमा झन्डै १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

सामाजिक सुरक्षाका लागि निजी र सार्वजनिक क्षेत्रका सम्पूर्ण कामदारको मासिक तलबबाट एक प्रतिशत रकम कोषमा जम्मागर्दै आएको छ । कोषमा प्रतिमहिना डेढ अर्ब थपिँदै जानेछ । सबभन्दा ठूलो कोष हुनेछ । सञ्चयकोषमा योगदान गर्ने ६ लाख छन् ।

तत्काल उद्योगरप्रतिष्ठानमा कार्यरत श्रमिकले कोषमा नियमित रूपमा तलबबाट निश्चित रकम जम्मा गरी सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन पाउनेछन् । अनौपचारिक क्षेत्रलाई बिस्तारै समेट्दै लैजाने सरकारको योजना छ । कोषमा योगदान गर्ने श्रमिकले ६० वर्ष कटेपछि पेन्सन वा एकमुष्ट रकम बुझ्न पाउने व्यवस्था गरिएको छ ।

२०७६ साउन १ गतेपछि कार्यरत श्रमिकले यो सुविधा पाउनेछन् । अहिले सञ्चयकोष र उपदान लिइरहेको श्रमिकले चाहेमा योजनामा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?