जापानका विदेशमन्त्री कोनो नेपाल आउदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
जापानका विदेशमन्त्री कोनो नेपाल आउदै

सारांश

  • काठमाडौं, १४ पुस ।
  • जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा यही पुस २५ गते काठमाडौँ आउने भएका छन् ।
  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल आउन लागेका उनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौं, १४ पुस । जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा यही पुस २५ गते काठमाडौँ आउने भएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल आउन लागेका उनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन परराष्ट्रमन्त्रीले आफ्ना जापानीसमकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने र दुवै नेताले संयुक्तरुपमा प्रेसलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले जापानी विदेशमन्त्रीको सम्मानमा सोही दिन रात्रिभोजको आयोजना समेत गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?