गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्ः उपराष्ट्रपति यादव
सारांश
- काठमाडौं।
- उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवद्र्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन्।
- गुरुनानक जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले विद्यमान सबैखाले विकृति, विसङ्गति र विभेदको अन्त्य गरी समतामूलक, शान्त, सौम्य, सभ्य र सुसंस्कृत समाजको निर्माणमा दत्तचित्त भई लाग्न आजका दिनले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवद्र्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन्।
गुरुनानक जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले विद्यमान सबैखाले विकृति, विसङ्गति र विभेदको अन्त्य गरी समतामूलक, शान्त, सौम्य, सभ्य र सुसंस्कृत समाजको निर्माणमा दत्तचित्त भई लाग्न आजका दिनले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
गुरुनानकले आफ्नो यात्राका क्रममा थुप्रै भजन र गीत रचेर मानवमात्रको कल्याण गर्ने जीवन सूत्रहरु दिएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले गुरुनानकको उपदेशले सत्य, आत्मज्ञान र मानवताप्रति सदैव समर्पित हुने शिक्षा प्रदान गर्ने बताएका छन्।
गुरुनानकका उपदेशलाई जीवनमा आत्मसात् गर्दै राष्ट्रिय एकता, परस्पर प्रेम, भ्रातृत्व र शान्तिको भावना फैलाउने दृढ संकल्पका साथ अगाडि बढ्न सक्नुपर्नेमा जोड दिँदै कार्यवाहक राष्ट्रपति यादवले यस जयन्तीले सत्य, करुणा र सेवाभावको मार्गमा हिँड्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
उपराष्ट्रपति यादवले गुरुनानक जयन्तीले राष्ट्रिय एकता, समाजमा समता, साम्प्रदायिक एकता, सहिष्णुता, भाइचारा, शान्ति, सद्भाव, आपसी मेलमिलाप र सामाजिक न्यायका आदर्शलाई आत्मसात गर्न उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शिख समुदायमा सुख, शान्ति र सु-स्वास्थ्य कामनासमेत गरेका छन्।
प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरुनानक जयन्ती मनाउने गर्छन् । गुरुनानक देवको सम्झनामा आज गुरुद्वारामा श्रद्धा र भक्ति भावले कीर्तन तथा दीप प्रज्ज्वलितलगायत कार्यक्रम आयोजना गरिएका छन्।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
airticketing
What i do not realize is in fact how you are no longer actually much more wellfavored than you might be right now Youre very intelligent You recognize thus considerably in relation to this topic made me in my view believe it from numerous numerous angles Its like men and women are not fascinated until it is one thing to do with Lady gaga Your own stuffs excellent All the time handle it up