​निर्मलाको भेजिनल स्वाब परीक्षणमै श‌ंका

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
२० पटक हेरिएको
Shares
​निर्मलाको भेजिनल स्वाब परीक्षणमै श‌ंका

सारांश

  • काठमाण्डौं , २६ असोज ।
  • कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको योनिबाट संकलित ‘भेजिनल स्वाब’ परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानव अधिकार आयोगले शंका गरेको छ।
  • आयोगले चिकित्सकीकय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर भेजिनल स्वाब सुरक्षित राख्न प्रहरीलाई निर्देशनसमेत दिएको छ।

काठमाण्डौं , २६ असोज । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको योनिबाट संकलित ‘भेजिनल स्वाब’ परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानव अधिकार आयोगले शंका गरेको छ। आयोगले चिकित्सकीकय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर भेजिनल स्वाब सुरक्षित राख्न प्रहरीलाई निर्देशनसमेत दिएको छ। आयोगले बिहीबार यो विषयमा कानुनी चिकित्सा क्षेत्रका विज्ञसहित डीएनए विज्ञहरूसँग परामर्श गरेको छ। त्यसक्रममा प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणप्रति आयोगले शंका जनाएको हो। आयोगले परीक्षणको रिपोर्ट नै मगाएर विज्ञहरूसँग छलफल गरेको छ।

आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले प्राविधिक रूपमा विश्वस्त हुन आयोगले भेजिनल स्वाब सुरक्षित राख्न निर्देशन दिएको बताए। ‘डीएनए जाँचका प्राविधिक पक्षका विषयमा विस्वस्त हुन आयोगले थप अध्ययन गर्न खोजेको हो’, उनले भने। राजधानी दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?