सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडद्धारा शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा
सारांश
- काठमाडौं, ३ कार्तिक ।
- सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
- बैङ्कले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।
काठमाडौं, ३ कार्तिक । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैङ्कले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । बैङ्कले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने छ ।
कार्तिक ३ गते बसेको ३४५ औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस शेयर र करसहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैङ्कले स्वीकृति तथा बैङ्कको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी लाभांश पाउनेछन् ।
सिटिजन्स बैङ्कले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैङ्कले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।
साथै कोभिड १९ को त्रास अझैपनि कायम रहेकोले बैङ्कले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैङ्कको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्नसकिने जस्ता सेवाहरुको थालनी गरेको छ ।
प्रतिक्रिया