१० करोडको लगानीमा कालोपत्रे भएको विमानस्थल गौचरन बन्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
५५ पटक हेरिएको
Shares
१० करोडको लगानीमा कालोपत्रे भएको विमानस्थल गौचरन बन्दै

सारांश

  • दाङ, २८ जेठ ।
  •   विमानस्थलमा उडान हुन छाडेपछि गौचरन बनेको छ ।
  • टरिगाउँ विमानस्थलमा उडान बन्द भएपछि हाल यहाँकावासिन्दाले विमानस्थलभित्र पशुचौपाया चराउने थलोका रुपमा उपयोग गर्न थालेका हुन् ।

दाङ, २८ जेठ ।  विमानस्थलमा उडान हुन छाडेपछि गौचरन बनेको छ । टरिगाउँ विमानस्थलमा उडान बन्द भएपछि हाल यहाँकावासिन्दाले विमानस्थलभित्र पशुचौपाया चराउने थलोका रुपमा उपयोग गर्न थालेका हुन् ।

विसं २०११ फागुन ११ गते परीक्षण उडान गरिएको यस विमानस्थलमा २०१६ सालदेखि नेपाल वायु सेवा निगमको जहाजले उडान भर्दै आएको थियो ।

त्यसपछि २०५२ सालमा नेपाल एयरलाइन्सले उडान भरे पनि इन्धन अभाव देखाउँदै चार महिनामै उडान बन्द गरेको थियो । विसं २०६० मा नेपाल वायु सेवा निगम, यति र सीता एयरलाइन्सले हप्तामा एक दिन भए पनि लगातार छ वर्षसम्म उडान भरेका थिए । विमानस्थल कालोपत्रे गर्न थालेपछि यो विमानस्थल चार वर्षसम्म बन्द भएको थियो ।

कालोपत्रे सकिएपछि तुलसीपुर उद्योग वाणिज्य संघको पहल र समन्वयमा गोमा एयरले २०७२ सालमा नौ महिनासम्म उडान भरेको थियो । यात्रु अभाव देखाउँदै फेरि सेवा रोकिएको थियो । यसपटक पनि यहाँ उडान भर्दै आएको समिट एयरलाइन्सले पनि यात्रु अभावको कारण देखाउँदै उडान रोकेको छ ।

पटक पटक बन्द हँुदै सञ्चालन हुँदै आएको विमानस्थल कालोपत्रेपछि नियमित हुने आशामा बसेका दाङवासीको आशा अझै पूरा हुन सकेको छैन । पछिल्लो समयमा घाँसेमैदान हवाईमैदान बनाउन रु १० करोडको लगानीमा ७०० मिटर धावनमार्ग कालोपत्रे भएको थियो । विमानस्थल सानो भएकाले ठूला विमान अवतरण गर्न नसक्ने भन्दै त्यसको स्तरोन्नतिका लागि पहल गर्नुपर्ने स्थानीयवासीले माग गरिरहेका बेला सरकारको बजेट वक्तव्यले नछोएपछि उनीहरू आक्रोशित भएका छन् ।

जनप्रतिनिधिहरु निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले २०७४ पुस १९ गते बाजागाजासहित पहिलोपटक समिट एयरसँग सम्झौता गरी विमान सञ्चालन गरेको थियो ।

पटक–पटक सञ्चालन र बन्द हुँदै आएको विमान सेवा बन्द भएपछि यहाँका स्थानीयवासीले फेरि नेपालगञ्जबाटै विमान सेवा उपभोग गर्नुपर्ने बाध्यता भएको छ । तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच गत पुसमा प्रतियात्रु रु सात हजार २०० भाडा लिने सहमति भएको थियो । सोही सहमतिअनुसार १९ पुसमा समिट एयरले पहिलोपटक दाङको टरीगाउँ हवाईमैदानबाट उडान भरेको थियो । इन्धनको मूल्य वृद्धि भएको भन्दै समिट एयरले प्रतियात्रु रु दुई हजार ६८० एकतर्फीरुपमा भाडामा वृद्धि गरेपछि तुलसीपुर उपमहानगरपालिकाले समन्वय गर्न छोडेको छ ।

भाडा वृद्धिसँगै यात्रु पाइन छोडेपछि गएको जेठ १३ र २० गते समिट एयरले उडान भर्न सकेन । समिट एयरले हप्तामा आइतबार र बुधबार दुईपटक उडान भर्ने सहमति गरे पनि पछिल्लो समय आएर आइतबारमात्रै उडान भर्दै आएको थियो । हप्तामा एकपटक उडान भर्दै आएको समिट एयरले पुसदेखि जेठसम्म छ महिनाको अवधिमा तीनपटक उडान रद्द गरेको सूचना अधिकारी खरेलले बताउनुभयो । नियमित उडान पनि नहुने, महँगो भाडादरले हवाईसेवा सञ्चालन गर्न निकै कठिनाइ र समस्या भएको उपमहानगरपालिकाले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आपसी सहमतिका आधारमा गरिएको सम्झौताविपरीत काम गर्नु राम्रो नभएको भन्दै पुनर्विचारका लागि विमान कम्पनीलाई अनुरोध गर्ने बताउनुभयो । सम्झौताअनुसार काम नभए नयाँ र धेरै विमान भएको विमान कम्पनीसँग समन्वय गरेर उडान सेवा सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

विभिन्न समयमा हुने संघसंस्था होस् वा अन्य निर्वाचनमा नेताहरुले विमानस्थललाई चुनावी नारा गराए पनि नियमित विमान सेवा सञ्चालन र विमानस्थलको स्तरोन्नतिमा भने कसैले पनि ठोस कदम नचालेको स्थानीय निमकुमार श्रेष्ठले बताउनुभयो । यहाँ आउने विभिन्न दलका नेता तथा मन्त्रीहरुले विमानस्थल सबै किसिमले उपयुक्त भएकाले नियमित विमान सञ्चालन गर्ने प्रतिबद्धता भने व्यक्त गर्न छोडको छैनन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसले राजा महेन्द्रको गाडीमा बम हाने, गणतन्त्रका लागि मृत्युदण्ड स्वीकारे
जसले राजा महेन्द्रको गाडीमा बम हाने, गणतन्त्रका लागि मृत्युदण्ड स्वीकारे
सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथि छलफल सुरु
सरकारी जग्गामा व्यक्तिको लालपूर्जा बनाइदिने मालपोत प्रमुख सहित १० जनालाई जेल, नाम सहित
सरकारी जग्गामा व्यक्तिको लालपूर्जा बनाइदिने मालपोत प्रमुख सहित १० जनालाई जेल, नाम सहित
यसरि डुबाए जर्नेलले सेनाको कल्याणकारीको २८ करोड !
यसरि डुबाए जर्नेलले सेनाको कल्याणकारीको २८ करोड !
सगरमाथा चढेको भनेर झुटो दाबी गर्ने भारतीय दम्पती बर्खास्त
सगरमाथा चढेको भनेर झुटो दाबी गर्ने भारतीय दम्पती बर्खास्त
अतिक्रमित संरचना भत्काउन थालियो
अतिक्रमित संरचना भत्काउन थालियो
आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत
आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत
 नेपाललाई क्रिकेटमा ऐतिहासिक छलाङ, पारस सक्षम क्याप्टेन
 नेपाललाई क्रिकेटमा ऐतिहासिक छलाङ, पारस सक्षम क्याप्टेन
जलेको अवस्थामा मृत फेला
जलेको अवस्थामा मृत फेला
वरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहलाई ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९’ बाट सम्मानित
वरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहलाई ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९’ बाट सम्मानित