प्रधानन्यायाधीश जबराद्वारा सपथ ग्रहण
सारांश
- काठमाडौं, १८ पुस ।
- नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ लिएका छन् ।
- राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शितल निवासमा सपथ गराएकी हुन् ।
काठमाडौं, १८ पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शितल निवासमा सपथ गराएकी हुन् । २८ औं प्रधानन्यायाधीशमा नियुक्त हुनुभएका जबराले आजै सर्वोच्चको कार्यभार सम्हाल्दै पेशी तोक्नेछन् ।
हिजो बसेको संसदीय सुनुवाइ बिशेष समितिले जबरालाई प्रधानन्यायाधीशमा अनुमोदित गरेको थियो । तत्कालिन प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको उमेर हदका कारण हिजै कार्यकाल सकिएको छ । न्यायपरिषद्ले यअसघि प्रधानन्यायाधीश पदका लागि न्यायाधीशहरू जबरा र दीपकराज जोशीको नाम संवैधानिक परिषदमा पठाएको थियो ।
संविधानको धारा १२९ उपधारा २ मा ‘संवैधानिक परिषदको सिफारिसमा प्रधानन्यायाधीश र न्यायपरिषदको सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने’ व्यवस्था रहेको छ । यो धाराको उपधारा ३ मा ‘सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने’ व्यवस्था छ ।
२०१४ साल मंसिर २८ गते जन्मिनुभएका जबरा २०७१ जेठ १३ देखि सर्वोच्च अदालतमा न्यायाधीश हुनुहुन्थ्यो । जबरा चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।
प्रतिक्रिया