भारतीय दुतावासले मनायो ७१ औं गणतन्त्र दिवस : ३० एम्बुलेन्स र ६ वटा बस प्रदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १२, २०७६
|
|
३५ पटक हेरिएको
Shares
भारतीय दुतावासले मनायो ७१ औं गणतन्त्र दिवस : ३० एम्बुलेन्स र ६ वटा बस प्रदान

सारांश

  • काठमाडौं, १२ माघ ।
  • भारतले आफ्नो ७१ औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न संघरसंस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ ।
  • काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाका अस्पताल, परोपकारी संघ संस्था र शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरिएको हो ।

काठमाडौं, १२ माघ । भारतले आफ्नो ७१ औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न संघरसंस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाका अस्पताल, परोपकारी संघ संस्था र शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरिएको हो ।पुस्तकालयहरुलाई पुस्तक र शैक्षिक सामग्रीसमेत प्रदान गरिएको छ । भारतीय दूतावासले हालसम्म ७३ जिल्लाका विभिन्न संघसंस्थालाई गरी ६ सय ६२ वटा एम्बुलेन्स र १ सय ३० वटा बस प्रदान गरिसकेको जनाएको छ ।

कार्यक्रममा नेपालका लागि भारतका कार्यवहाक राजदुत डा.अजय कुमारले नेपार र भारतको सम्बन्ध जनस्तरमै प्रगाढ रहेको भन्दै नेपालको शान्ति, स्थायित्वर सम्बृद्धिमा भारतको सधै साथ र सहयोग रहने बताए । नेपाल–भारत कूटनीतिक सम्बन्धको ७० बर्ष पूरा भएको भन्दै उहांले आपसी सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?