वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा

सारांश

  • काठमाडौं १९ पुस ।
  •  सत्तारुढ नेकपाले वाइडबडी प्रकरणमा संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ल्याएको प्रतिवेदनमा समितिको अन्तिम निर्णय र त्यसपछि आउने प्रतिवेदन अध्ययनपछि मात्र आफनो धारणा सार्वजनिक गर्ने भएको छ।
  • वाइडबडी अध्ययन अनुसन्धान गर्न गठित उपसमितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई समेत दोषी ठहर्‍याउँदै कारवाही सिफारस गरेको छ।

काठमाडौं १९ पुस । सत्तारुढ नेकपाले वाइडबडी प्रकरणमा संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ल्याएको प्रतिवेदनमा समितिको अन्तिम निर्णय र त्यसपछि आउने प्रतिवेदन अध्ययनपछि मात्र आफनो धारणा सार्वजनिक गर्ने भएको छ। वाइडबडी अध्ययन अनुसन्धान गर्न गठित उपसमितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई समेत दोषी ठहर्‍याउँदै कारवाही सिफारस गरेको छ।

‘उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनका विषयमा पार्टीभित्र छलफल भएको छैन। औपचारिक धारणा बनेको छैन। उपसमितिले अहिले प्रतिवेदन समितिलाई बुझाएको छ। समितिले त्यसलाई कुन रुपमा लिएर अन्तिम निर्णय लिन्छ, हामी त्यसलाई हेरिरहेका छौं,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, ‘संसदीय समितिले तथ्यगत भ्रष्टाचार भएको ठहर सहित निर्णय गर्छ भने हाम्रो पार्टीले संसदीय समितिको त्यस्तो प्रतिवेदनलाई गम्भीर रुपमा ग्रहण गर्छ। ’

पहिले प्रतिवेदनको सम्पूर्ण विवरण अध्ययन नगरी अहिले नै पार्टीले धारणा बनाउँदा हतार हुने पनि उनले बताए। भ्रष्टाचारको तथ्यगत आधार पुष्टि भए पार्टीले त्यसका निम्ति जे गर्नुपर्ने हो त्यही अनुसारको निर्णय लिने श्रेष्ठको भनाइ छ।

कारवाही सिफारिस भएका पर्यटनमन्त्री अधिकारीले उपसमितिको प्रतिवेदनवाट आफू अचम्मित भएको बताएका छन्। उनले समय क्रममा तथ्य खुल्ने पनि बताए। अन्नपूर्णसँग संक्षिप्त कुरा गर्दै मन्त्री अधिकारीले भने, ‘प्रतिवेदन जुन ढंगले आएको छ, त्यसमा म अचम्मित छु। वाइडबडी खरिदमा मेरो कुनै संलग्नता छैन। एक दिन समय आएपछि यथार्थ स्पष्ट हुन्छ।’ अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तान श्रीलंका कूटनीति छलफलमा
पाकिस्तान श्रीलंका कूटनीति छलफलमा
आइएफआरसी महासचिवमा पहिलो नेपाली चापागाईंद्वारा पदभार ग्रहण
आइएफआरसी महासचिवमा पहिलो नेपाली चापागाईंद्वारा पदभार ग्रहण
उधारो आश्वासन मान्दैनाैं : मधेसी मोर्चा
उधारो आश्वासन मान्दैनाैं : मधेसी मोर्चा
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
संविधान संशोधनको विषयमा निर्णय गर्न नसक्दा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
संविधान संशोधनको विषयमा निर्णय गर्न नसक्दा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
अभिनेता रणवीर सिंहमाथि पनि भएको थियो यौन दुव्र्यवहार
अभिनेता रणवीर सिंहमाथि पनि भएको थियो यौन दुव्र्यवहार
सुरक्षित सडक यात्राको नीति कडाइका साथ कार्यान्वयन गरिने  मन्त्री कार्की
सुरक्षित सडक यात्राको नीति कडाइका साथ कार्यान्वयन गरिने  मन्त्री कार्की
विद्यालयको लापरबाहीका कारण छात्राको मृत्य, दर्जनौँ राउण्ड हवाइ फायर
विद्यालयको लापरबाहीका कारण छात्राको मृत्य, दर्जनौँ राउण्ड हवाइ फायर
२५ वर्षपछि पाएको मेयरको टिकट-राजुराज जोशी
२५ वर्षपछि पाएको मेयरको टिकट-राजुराज जोशी
नेतृत्वमा कुरा मिल्यो, प्रचण्ड कार्यकारी अधिकारसहित कार्यवाहक अध्यक्ष बन्ने
नेतृत्वमा कुरा मिल्यो, प्रचण्ड कार्यकारी अधिकारसहित कार्यवाहक अध्यक्ष बन्ने

तपाईंले छुटाउनुभयो कि?