सोह्रा हिटी (तिनधारा) ढुङ्गेधारा पुनः ब्युँतदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सोह्रा हिटी (तिनधारा) ढुङ्गेधारा पुनः ब्युँतदै

सारांश

  • गणेश शाक्य हाम्रो सम्पदा हाम्रो पहिचान अर्थात नेपालको मौलिक एवं ऐतिहासिक सम्पदाहरु विश्वमा नेपाललाई चिनाउने एउटा सशक्त माध्यमको रुपमा रहिआएको सत्य कसैवाट पनि लुकिएको छैन ।
  • नेपालमा अझ विशेषगरि काठमाण्डौं उपत्यका शहरमा विश्वलाई गौरवकासाथ चिनाउन सक्ने अनि विश्वभरिका मानिसहरुलाई आकर्षण गर्न सकिने हजारौं हजार सम्पदाहरु यत्रतत्र छन ।
  • सातवटा त विश्व सम्पदामै सुसूचित रहेका छन ।

गणेश शाक्य
हाम्रो सम्पदा हाम्रो पहिचान अर्थात नेपालको मौलिक एवं ऐतिहासिक सम्पदाहरु विश्वमा नेपाललाई चिनाउने एउटा सशक्त माध्यमको रुपमा रहिआएको सत्य कसैवाट पनि लुकिएको छैन । नेपालमा अझ विशेषगरि काठमाण्डौं उपत्यका शहरमा विश्वलाई गौरवकासाथ चिनाउन सक्ने अनि विश्वभरिका मानिसहरुलाई आकर्षण गर्न सकिने हजारौं हजार सम्पदाहरु यत्रतत्र छन । सातवटा त विश्व सम्पदामै सुसूचित रहेका छन । सांच्चै भन्ने हो भने सिङ्गो काठमाण्डौ शहरलाईनै सम्पदाहरुको खुला संग्रालय भन्दा केहि फरक नपर्ला । तर यति हुदाहुदै पनि हाम्रा पुर्खाले वनाई छाडिगएका अलौकिक सम्पदाहरुको संरक्षणको अभावमा धेरै धेरै सम्पदाहरु नासिसकेको अवस्था छ । कुनै जिर्ण भएर कुनै चोरी भएर त कुनै सडक विस्तारको नाममा हराएका छन, मासिएका छन । हुदाहुदै अव त विश्व सम्पदा सूचीवाट समेत हट्ने पो हो की भन्ने शंका उत्पन्न भएको छ ।

हुन त सम्पदा संरक्षणकै लागि भनि देशमा संस्कृति मन्त्रालय, पुरातत्व विभाग, गुठी संस्थान जस्ता निकायहरु नभएका पनि हैनन् तर पनि सम्पदाको उचित व्यवस्थापन हुन नसक्नु बिडम्वनानै हो । सम्पदा संरक्षणकै कुरा गर्दैगर्दा स्थानिय वासिन्दाको सम्पदा संरक्षण प्रति कति चासो रहेको छ भन्ने वारे पनि सोच्नु आवश्यक छ । सम्पदा संरक्षणमा स्थानियको सवैभन्दा ठुलो जिम्मेवारी रहन्छ । फलानोले गर्ला धिस्कानोले गर्ला भनि स्थानिय चुप बस्ने हो भने सम्पदाको स्थिति अहिले भन्दा पनि तिब्र रुपमा विनाश हुने वाहेक सुध्रनेवाला छेन । सम्वनिधत निकायहरुलाई बेलैमा सम्पदाको अवस्थावारे सुसूचित गर्ने, घचघचाउने, आवश्यकता अनुसार खबरदारी गर्ने काम भनेकै स्थानियको हो ।

यसरी दुर्लभ सम्पदाहरुको संरक्षणकै सन्दर्भमा हालै आएर सोह्रा हिटी अर्थात (तीनधारा) ढुङ्गेधारा चर्चित विषयको रुपमा आईरहेको छ । यो तीनवटा ढुङ्गेधारा काठमाण्डौं महानगरपालिका वडा नं.१ दरवार मार्ग स्थित महेन्द्र सालिकसंगै रहेको छ । यसको अहिलेको स्वरुपवारे वर्णन गर्नुपदा नांउ मात्रको ढुङ्गेधारा रहेको छ । पानी आउनेको त कुरै नगरों तीनधारा मध्ये एउटा पनि सद्धे छैन । कतिलाई त्यस ठांउमा धारा छ भन्नेनै थाहा छैन भने स्थानियले पनि कहिल्यै वास्ता राखिएको पाइएन । यो ढुङ्गेधारा रानीपोखरीको चार कुनाहरुमा बनाइएका चार ढुङ्गेधाराहरु मध्ये एक हुन भन्ने पनि सुन्नमा आएको छ । पुरातत्व विभागमा रहेको २०३९ सालको काठमाण्डौं नगरको इन्भेन्ट्रीमा उल्लेख भए अनुसार यो धारा लक्ष्मीनारायण भन्ने व्यक्तिले करिव ७०० वर्ष अगाडी १४ औं शताब्दीमा निर्माण गरेको देखिन्छ ।

ढुङ्गेधारा परिसर पुरै डम्पिङ्ग साइतमा परिणत भईसकेको अवस्थामा थिए । परिसर भित्रै अतिक्रमण गरि टहरा पनि बनिसकेका थिए जुन भरखरै मात्र भत्काई सकेको छ । धन्य कतावाट सम्पदा अभियन्ता र सम्पदा पे्रमीहरुको नजरमा परेछ यो सम्पदा । सम्पदा अभियन्ता यादव लाल कायस्थको अगुवाईमा अहिले यो सम्पदा मर्मत सम्भार हुने कार्य भईरहेको छ ।

करिव ६ महिना अगाडी देखिनै यो सम्पदा मर्मत सम्भार गर्न गराउन पटक पटक पुरातत्व विभाग पटक पटक स्थानिय ओडा नं. १ कार्यालय धाउनु परेको थियो । लगातार प्रयास पछि ओडा नं. १ का अध्यक्ष्य भरतलाल श्रेष्ठ उक्त ढुङ्गेधारा मर्मत सम्भार गर्न राजी हुनु भएको छ । जे होस ओडा नं. १ का अध्यक्ष्य भरतलाल श्रेष्ठज्यूलाई धन्यवाद दिनै पर्छ । अहिले यो कार्य ओडा नं. १ कै बजेटमा भईरहेको छ । तर, फेरी पनि यो कार्य बिचैमा रोकिने पो हो की भन्ने डर पनि बाँकिनै छ । सम्पदा अभियन्ताहरु त लागि परेका छन नै, साथै महानगर पालिका र सम्वन्धित ओडा कार्यालय पनि निरन्तर अनुगमन कार्यमा लाग्नु नितान्त आवश्यक छ । कुनैपनि बहानामा काम अधुरो छाडी रोकिनु हुंदैन अब ।

यसरी ठाँउठाँउमा छोपिएका ओझेलमा परिरहेका हाम्रा सम्पदाहरु खोजी खोजी उचित संरक्षण गर्नु आजको माग हो । यस्ता असाधारण, सारा संसारलाई शानकासाथ देखाउन सक्ने सम्पदाहरु जगेर्ना गर्नु राज्यको परम कर्तव्य हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?