मन्त्री अधिकारीले राजिनामा दिन सक्ने सम्भावना

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
२० पटक हेरिएको
Shares
मन्त्री अधिकारीले राजिनामा दिन सक्ने सम्भावना

सारांश

  • वाइडबडी प्रकरणको विषयमा जानकारी दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।
  • वाइडबडी विमान खरिद प्रक्रियामा भएको घोटालामा मुछिए पछि चौतर्फी विवादमा तानिएका मन्त्री अधिकारीले पत्रकार सम्मेलन मार्फत् जानकारी दिन आज १० बजे पत्रकार सम्मेलन गर्न लागिएको बुझिएको छ ।
  • विमान खरिद प्रक्रियामा भएको अनियमिततामा नाम मुछिए पछि उनलाई पार्टीभित्रैबाट राजिनामा दिन दबाब परेको कुरा पनि चर्चामा रहेको छ ।

वाइडबडी प्रकरणको विषयमा जानकारी दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् । वाइडबडी विमान खरिद प्रक्रियामा भएको घोटालामा मुछिए पछि चौतर्फी विवादमा तानिएका मन्त्री अधिकारीले पत्रकार सम्मेलन मार्फत् जानकारी दिन आज १० बजे पत्रकार सम्मेलन गर्न लागिएको बुझिएको छ ।

विमान खरिद प्रक्रियामा भएको अनियमिततामा नाम मुछिए पछि उनलाई पार्टीभित्रैबाट राजिनामा दिन दबाब परेको कुरा पनि चर्चामा रहेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा अनियमितता भएको र सो अनियमिततामा मन्त्री अधिकारी पनि संलग्न रहेको भन्दै प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले निष्कर्ष निकाले पछि विवादमा तानिएका मन्त्री अधिकारीले पत्रकार सम्मेलन मार्फत राजिनामा दिन सक्ने अनुमान पनि गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?