२ लाख ५० हजार घुससहित वडासदस्य पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
४८ पटक हेरिएको
Shares
२ लाख ५० हजार घुससहित वडासदस्य पक्राउ

सारांश

  • काठमाडौं, १३ पुस ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाँकेको टोलीले २ लाख ५० हजार रुपैयाँ घुससहित वडासदस्यलाई पक्राउ गरेको छ ।
  • बर्दियाको राजापुर नगरपालिका वडा नम्वर १० का वडासदस्य उत्तम चौधरीलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

काठमाडौं, १३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाँकेको टोलीले २ लाख ५० हजार रुपैयाँ घुससहित वडासदस्यलाई पक्राउ गरेको छ ।

बर्दियाको राजापुर नगरपालिका वडा नम्वर १० का वडासदस्य उत्तम चौधरीलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
क्रसर उद्योग सिफारिश गर्न सहयोग दिलाइदिने भन्दै चौधरीले घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका कार्यालय प्रमुख गणेश गैरेले जानकारी दिनुभएको छ ।

कोठियाघाट नजिकै रहेको इच्छा होटलमा रकम लेनदेन भइरहेको अवस्थामा उनी गएराति पक्राउ परेका हुन् । उनलाई आजै अदालत लैजाने तयरी गरिएको गैरेले जानकारी दिनुभएको छ ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?