प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १३, २०७९
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गर्नुभएको छ ।
  • भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गर्नुभएको छ । यादवसँग पनि सरकारमा सहभागिताका विषयमा छलफल भएको जनाइएको छ ।

जसपा अध्यक्ष यादवले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?