आज २९७औँ पृथ्वीजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
३१ पटक हेरिएको
Shares
आज २९७औँ पृथ्वीजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

सारांश

  •  राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको २९७ आैँ जन्मजयन्ती अाज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
  • विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्रकाे रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
  • राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कोरेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

 राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको २९७ आैँ जन्मजयन्ती अाज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्रकाे रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कोरेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो ।

तर, देश गणतन्त्रमा प्रवेश गरेपछि पुथ्वी नारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको दिनको रुपमा मनाउन छोडिएकाे थियाे । तर पनि ७४ सालदेखि पुनः मनाउन थालिएको हो ।

आज देशैभरि पृथ्वीनारायण शाहकाे याेगदानकाे स्मरण गरिँदै छ । विगतमा सरकारले पृथ्वी जयन्तीमा दिइँदै आएको सार्वजनिक बिदा हाल सरकारले कटौती गरेको छ । तर केही प्रदेश र स्थानीय तहले भने आज सार्वजनिक बिदा समेत दिएका छन् ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा अाेलीले पृथ्वी जयन्तीकाे शुभकामना व्यक्त गर्नुभएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सचिवालय बैठकमा प्रधानमन्त्रीको आक्रोस
सचिवालय बैठकमा प्रधानमन्त्रीको आक्रोस
राजपा नेता प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित
राजपा नेता प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित
सप्तरीलाई प्रदेश नम्बर २ को ‘म्याङ्गो जोन बनाउने
सप्तरीलाई प्रदेश नम्बर २ को ‘म्याङ्गो जोन बनाउने
गुगल, फेसबुक, माइक्रोसफ्टलगायत छ कम्पनी नेपालको कर प्रणालीमा दर्ता
गुगल, फेसबुक, माइक्रोसफ्टलगायत छ कम्पनी नेपालको कर प्रणालीमा दर्ता
सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने
सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने
कामु प्रधानन्यायाधीशको छोराको बिहेमा ९० लाख खर्च आरोप !
कामु प्रधानन्यायाधीशको छोराको बिहेमा ९० लाख खर्च आरोप !
स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप, प्रहरीद्वारा हवाई फायरिङ
उखु किसानहरुको सरकारलाई सात दिने अल्टिमेटम
उखु किसानहरुको सरकारलाई सात दिने अल्टिमेटम
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
आज १३० औ अन्तराष्ट्रिय मजदुर दिवस, यसरी सुरु भएको थियो यो दिवस
आज १३० औ अन्तराष्ट्रिय मजदुर दिवस, यसरी सुरु भएको थियो यो दिवस

तपाईंले छुटाउनुभयो कि?