युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
३० पटक हेरिएको
Shares
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन

सारांश

  • काठमाडौं।
  • नेपाल लिकर्सलाई आफ्नो शेयर बेच्नुअघि युनाइटेड स्प्रिट्सले ठूला करदाता कार्यालयमा तीन करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर तिरेको छ।
  • डेढ वर्ष अघिबाट सुरु भएको खरिद बिक्री प्रक्रिया टुंग्याउन कम्पनीले पुँजीगत लाभकर तिरेको हो।

काठमाडौं। नेपाल लिकर्सलाई आफ्नो शेयर बेच्नुअघि युनाइटेड स्प्रिट्सले ठूला करदाता कार्यालयमा तीन करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर तिरेको छ।

डेढ वर्ष अघिबाट सुरु भएको खरिद बिक्री प्रक्रिया टुंग्याउन कम्पनीले पुँजीगत लाभकर तिरेको हो। पूँजीगत लाभकर बुझाएसँगै स्वामित्व परिवर्तनका लागि अख्तियारी दिइएको ठूला करदाता कार्यालयले जनाएको छ। व्यवसायिक कम्पनीको स्वामित्व परिवर्तनका क्रममा नाफा देखिएमा २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ। त्यसैअनुसार यो रकम बुझाइएको हो।

कम्पनीको स्वामित्व परिवर्तन हुँदा सुरुमा १५ प्रतिशत र दोस्रो किस्तामा १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था थियो। तर एनसेल खरिद बिक्रीमा लागेको कर असुली प्रक्रियामा विवादपछि सरकारले आर्थिक ऐन संशोधन गरी एकैपटक २५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको थियो।

डेढ वर्षअघि युनाइटेड स्प्रिट्सको ८२.४६ प्रतिशत शेयर नेपाली साझेदार राजेशवीर सिंह तुलाधारले किनेका थिए। भारतीय मदिरा कम्पनी युनाइटेड स्प्रिट्स लिमिटेडले आफ्नो साझेदारीमा स्थापना भएको यो कम्पनी ३४ करोड १४ लाख २४ हजार रुपैयाँमा नेपाली साझेदार तुलाधारले किनेका हुन्। यो कम्पनीको नेपाली साझेदारको रुपमा तुलाधारसँग ११.५४ प्रतिशत शेयर थियो।

‘कम्पनी खरिद बिक्रीमा तिर्नुपर्ने पूँजीगत लाभकर फागुन पहिलो साता बुझाइएको छ,’ ठुला करदाता कार्यालय स्रोतले भन्यो, ‘कम्पनीले विस्तृत कारोबार विवरण बुझाउन अझै दुई महिना समय बाँकी छ। त्यसपछि थप विवरण आउन सक्छ।’

आठ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी भएको युनाइटेड स्प्रिट्स नेपालले गत आर्थिक वर्षमा ६४ करोड ८० लाख भारु(एक अर्व तीन करोड नेपाली रुपैयाँ)को कारोबार गरेको थियो। यो कम्पनीको नेटवर्थ साढे सात करोड रुपैयाँ छ।स्वामित्व परिवर्तसँगै कम्पनीले एन्टिक्विटी, सिग्नेचर, प्लाटिनम नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिनलगायतका विभिन्न १७ ब्रान्डका मदिरा उत्पादन सुरु गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ भर्खरै प्राप्त इटहरी उपमहानगर र बराह नगरपालिकाको मतपरिणाम, एमालेलेको अग्रता कायमै
यस्तो छ भर्खरै प्राप्त इटहरी उपमहानगर र बराह नगरपालिकाको मतपरिणाम, एमालेलेको अग्रता कायमै
उच्च आयात र सुस्त कारोबार: आकाशिएको सुनको मूल्यले पारेको दोहोरो प्रभाव
उच्च आयात र सुस्त कारोबार: आकाशिएको सुनको मूल्यले पारेको दोहोरो प्रभाव
कस्ताे छ मंगलबारको राशिफल?
कस्ताे छ मंगलबारको राशिफल?
गाउँ रित्तिदै गएकामा राष्ट्रपति पौडेल चिन्तित
गाउँ रित्तिदै गएकामा राष्ट्रपति पौडेल चिन्तित
आईपीएल: राजस्थान दोस्रो स्थानमा उक्लियो
आईपीएल: राजस्थान दोस्रो स्थानमा उक्लियो
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
हामीले जबरजस्ती धर्म परिवर्तन गराएका छैनौँ: सिबी गहतराज
हामीले जबरजस्ती धर्म परिवर्तन गराएका छैनौँ: सिबी गहतराज
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?

तपाईंले छुटाउनुभयो कि?