सप्तरीलाई प्रदेश नम्बर २ को ‘म्याङ्गो जोन बनाउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सप्तरीलाई प्रदेश नम्बर २ को ‘म्याङ्गो जोन बनाउने

सारांश

  • सप्तरी, २९ असार ।
  • जिल्ला समन्वय समिति सप्तरीको बिहीबार आयोजित प्रथम जिल्ला सभामा प्रमुख प्रभाकर यादवले पुँजीगततर्फ १ करोड र चालूतर्फ ५ करोडको बजेट प्रस्ताव गरेका छन।
  • जिल्ला सभामा प्रस्तुत गरिएको आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार, आर्थिक, सामाजिक, उद्योग तथा पर्यटन र सूचनासञ्चार, सुशासन तथा संस्थागत विकास जस्ता कार्यक्रम लाई अघी सारिएकाे छ।

सप्तरी, २९ असार । जिल्ला समन्वय समिति सप्तरीको बिहीबार आयोजित प्रथम जिल्ला सभामा प्रमुख प्रभाकर यादवले पुँजीगततर्फ १ करोड र चालूतर्फ ५ करोडको बजेट प्रस्ताव गरेका छन।

जिल्ला सभामा प्रस्तुत गरिएको आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार, आर्थिक, सामाजिक, उद्योग तथा पर्यटन र सूचनासञ्चार, सुशासन तथा संस्थागत विकास जस्ता कार्यक्रम लाई अघी सारिएकाे छ।

सबै नगर,गाउँपालिका का केन्द्र हरुमा बाह्रै महिना चल्ने कालोपत्रे सडक बाट जिल्ला सदरमुकाम सँग जोड्ने र सबै ठाउँमा सडक सञ्जाल पुर्‍याउने , एक वटा नगर सभागृह तथा कभर्ड हल निर्माण गर्ने उल्लेख गरीएकाे छ । समृद्ध सप्तरी निर्माणका लागि केही कार्यक्रममा संघ र प्रदेश सरकारसँग समन्वय गर्ने उल्लेख छ।

सप्तरीलाई प्रदेश नम्बर २ को ‘म्याङ्गो जोन’का रुपमा स्थापना गर्ने, जिल्ला सदरमुकामसम्म जोडिने ४ लेन सडक निर्माणको कार्य अविलम्ब सुरु गर्ने र उक्त सडकलाई राजमार्गसँग जोड्ने, जिल्लामा कम्तीमा एक हजार सिट क्षमताको एक सुविधासम्पन्न सिटीहल निर्माण, सप्तकोसी तथा चन्द्र नहरबाट यस जिल्लाको सबै खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरेकाे छ ।

त्यस्तै हुलाकी मार्गलाई यथासक्य आगामी आर्थिक वर्षमा कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउन अनुरोध गर्ने लगायतका विषयमा संघ र प्रदेश सरकारसँग समन्वय गर्ने र यातायात सञ्चालन गर्न पक्की पुल निर्माण गर्न नसकिएको ठाउँहरुमा आवागमनलाई सहज बनाउन ट्रष्ट ब्रिज निर्माण गर्ने प्रस्तावमा भनिएकाे छ ।

स्थानीय स्तरमा रहेका सार्वजनिक पोखरीहरुको मर्मत सुधार र संरक्षण गर्न समबन्य गरी सबै योजनामा सहयोग गरिने नीति लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?