स्वाइन फ्लुको प्रकोप बढ्दै राजधानीमा, एकको मृत्यु
सारांश
- काठमाडौं ।
- राजधानी काठमाडौँमा स्वाइन फ्लुको महामारी देखिएको छ ।
- गएको दुई महिनामा करिब २ सय जनामा स्वाइन फ्लु देखिएको छ ।
काठमाडौं । राजधानी काठमाडौँमा स्वाइन फ्लुको महामारी देखिएको छ । गएको दुई महिनामा करिब २ सय जनामा स्वाइन फ्लु देखिएको छ ।
चिकित्सकहरुले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन् जटिल रहेको दाबी गरेका छन् । ३ दिन अघि समेत ओम अस्पतालको आइसियुमा रहेका एक संक्रमितलाई इयरलिफ्ट गरेर भारत लगिएको छ ।
राजधानीमा अहिले स्वाइन फ्लु प्रकोपकै रुपमा देखिएकाले यसबाट प्रभावित भएर जटिल स्वास्थ्य अवस्थामा पुग्ने र मृत्यु हुने घटनामा वृद्धि भएको छ ।
ओम अस्पतालको आइसियुमा रहेकी एक ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया