लेखनाथ सामुदायिक सेवा केन्द्रमा स्वागत एवम् विदाइ कार्यक्रम सम्पन्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
५० पटक हेरिएको
Shares
लेखनाथ सामुदायिक सेवा केन्द्रमा स्वागत एवम् विदाइ कार्यक्रम सम्पन्न

सारांश

  • लेखनाथ , १७ असार ।
  • लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्रले हंसपुर इलाका प्रहरी कार्यालय डाँडाको नाकमा सरुवा भइ आएका प्रहरी नायव उपरिक्षक विष्णुवर सिंह थापा र प्रहरी निरिक्षक किरण राउतको स्वागतका साथै काठमाण्डौ अपराध अनुसन्धान महाशाखामा सरुवा जान लागेका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीको विदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
  • लेखनाथ सामुदायिक सेवा केन्द्रको परिसरमा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं२७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले छोटो समयमा नै लेखनाथ क्षेत्र, मादी गाउँ पालिका र रुपा गाउँपालिकामा शान्ति सुरक्षा कायम राख्दै जनतालाइ शान्ति सुरक्षाको प्रत्याभुति दिन सफल भएका डि एस पी गोविन्द पुरीको योगदानको स्मरण गर्दै आगामी दिनमा पनि यसरी नै देश र जनतालाइ सर्वोपरी मानी आफ्नो कर्तव्य पूरा गर्न सफलताको शुभकामना दिएका थिए।

लेखनाथ , १७ असार । लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्रले हंसपुर इलाका प्रहरी कार्यालय डाँडाको नाकमा सरुवा भइ आएका प्रहरी नायव उपरिक्षक विष्णुवर सिंह थापा र प्रहरी निरिक्षक किरण राउतको स्वागतका साथै काठमाण्डौ अपराध अनुसन्धान महाशाखामा सरुवा जान लागेका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीको विदाइ कार्यक्रम सम्पन्न गरेको छ ।

लेखनाथ सामुदायिक सेवा केन्द्रको परिसरमा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं२७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले छोटो समयमा नै लेखनाथ क्षेत्र, मादी गाउँ पालिका र रुपा गाउँपालिकामा शान्ति सुरक्षा कायम राख्दै जनतालाइ शान्ति सुरक्षाको प्रत्याभुति दिन सफल भएका डि एस पी गोविन्द पुरीको योगदानको स्मरण गर्दै आगामी दिनमा पनि यसरी नै देश र जनतालाइ सर्वोपरी मानी आफ्नो कर्तव्य पूरा गर्न सफलताको शुभकामना दिएका थिए।

गुरुङले नव आगन्तुक डि एस पी विष्णुवर सिंह थापालाइ स्वागत गर्दै समाजमा भएका विकृति विसंगतीलाई निर्मुल गरी समुन्नत समाजको निर्माणमा जनप्रतिनिधिहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका थिए।

सम्बन्धित क्षेत्रका सामाजिक संघ संस्थाहरुसँग समन्वय गरी आफ्नो कार्ययोजनालाई अगाडि बढाउन आग्रह गरे । विशिष्ट अतिथि वडा नं।२६ का वडा अध्यक्ष नारायण प्रसाद बराल, वडा नं२९ का वडा अध्यक्ष तेज बहादुर गुरुङ , लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण्हरी भण्डारी लगाएतले लेखनाथ क्षेत्रमा बढ्दै गईरहेको लागु औषधलाइ नियन्त्रण गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

काठमाण्डौ अपराध अनुसन्धान महाशाखामा सरुवा भइ जान लागेका डि एस पी गोविन्द पुरीले मादी गाउँपालिका, रुपा गाउँ पालिका र साविक लेखनाथ क्षेत्रमा रहेका सम्पूर्ण सामाजिक संघ संस्थाहरु, सामाजिक व्यक्ति विशेष, बुद्धिजीविहरु लगाएतको सहयोगले शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न गरेका चर्चा गर्दै स्थानिय स्तरको समस्या पहिचान गर्दै योजनाबद्ध तरिकाले काम गरेको दाबी गरे ।


कुनै पनि मुद्धा हंसपुर इलाका प्रहरी कार्यालय डाँडाको नाकबाटै फर्सोट गर्ने कार्यलाइ अगाडि बढाएको बताए । व्यवहारिक रुपमा कार्ययोजना बनाएर टोल टोल मा प्रहरी कार्यक्रमलाइ निरन्तरता दिन आवश्यकता औंल्याउँदै डि एस पी थापालाइ पनि सक्दो सहयोग गर्न सबैमा आग्रह गरे ।

यसै विच सरुवा भइ आएका डि एस पी विष्णुवर सिंह थापाले डि एस पी पुरीले शुरु गरेका सामाजिक कार्यलाइ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै विभिन्न सामाजिक संघ संस्थाहरु, वुद्धिजीविहरु, जनप्रतिनिधिहरु लगाएतको समन्वयमा आफूले जनतालाइ शान्ति सुरक्षा कायम राख्न कुनै कसुर वाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ट्राफिक पोस्ट किचन निर्माण, पानीको धारा निर्माण गरी सहयोग गर्ने वरिष्ट सामाजसेवी गम बहादुर गुरुङलाइ सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्व गुरुङले १ लाख ११ हजार १ सय ११ आर्थिक सहयोग शुरुवात गरेका भन्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष ज्ञानेन्द्र बजगाइको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव त्रिलोचन लामिछानेले गरेका थिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?