समस्या समाधान गर्न नीति तथा कार्यक्रम सफल हुने : नेता नेपाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ८, २०८०
|
|
३४ पटक हेरिएको
Shares
समस्या समाधान गर्न नीति तथा कार्यक्रम सफल हुने : नेता नेपाल

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता माधवकुमार नेपालले नीति तथा कार्यक्रम वर्तमान समस्याको समाधान गर्न सफल हुने बताएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री नेपालले जनशक्ति पलायनको समस्या, आर्थिक तरलता, उच्च ब्याजदर, जमिन बाँझो, खाद्य अवस्था सङ्कटलगायतको समस्या समाधान गरेर देश रुपान्तरण गर्न आगामी वर्षको नीति तथा कार्यक्रमले सहयोग पुग्ने बताए ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता माधवकुमार नेपालले नीति तथा कार्यक्रम वर्तमान समस्याको समाधान गर्न सफल हुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री नेपालले जनशक्ति पलायनको समस्या, आर्थिक तरलता, उच्च ब्याजदर, जमिन बाँझो, खाद्य अवस्था सङ्कटलगायतको समस्या समाधान गरेर देश रुपान्तरण गर्न आगामी वर्षको नीति तथा कार्यक्रमले सहयोग पुग्ने बताए ।

देशमा सहकार्यको आवश्यकतामा जोड दिनुहुँदै नेता नेपालले व्यक्तिवाद र सर्वशक्तिमान सोचले सहकार्यमा अप्ठ्यारो हुने गरेको बताए । जनता र देशलाई केन्द्रविन्दुमा राख्ने नै सफल हुने भएकाले असल नागरिक बन्ने र बनाउन सके देश रुपान्तरणको सपना साकार हुने उनको भनाइ थियो ।

“शिक्षा प्रणालीले नै नागरिक कस्तो बन्ने भन्ने निर्धारण गर्छ, असल मानिसको सम्मान हुन्छ, त्यहाँ सपना साकार हुन्छ, सपना देख्नुपर्छ साकार बनाउन यथार्थमा विपनामा काम गर्नुपर्छ, परियोजनाको प्राथमिकीकरण हुनुपर्छ, हावाका योजना कार्यान्वयन हुन नसक्ने पुष्टि भइसकेको छ”–उनले भने ।

त्रिभुवन विमानस्थलको विकल्पमा बाराको निजगढ विमानस्थल निर्माणमा ढिलाइ भइरहेको नेता नेपालले बताए । नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक अवस्थाको सुधारका लागि निजगढ विमानस्थलको आवश्यकता रहेको उनले उल्लेख गरे । योजनाले परिणाम र लगानीले प्रतिफल दिन नसके त्यसको आवश्यकता नहुने नेता नेपालले बताए ।

फराकिलो सोच, भविष्यमा समस्या समाधानको उपाय खोजी गर्ने गरी लगानी गरिनुपर्ने उनको भनाइ थियो । नीति तथा कार्यक्रममा एक वडा एक खेल मैदान निर्माण, कभर्डहललगायत राम्रा कार्यक्रम रहेको नेता नेपालले बताए । देशभरका सबै वडामा एकैपटक स्वीच थिचेर योजना सुरु गर्नेजस्ता काम नगर्न प्रधानमन्त्रीलाई सुझाव दिनुहुँदै उहाँले यस्ता विषयमा सरकारको ध्यान जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘गलबन्दी’ गीतको विवाद संसदसम्म पुग्यो, जातीय गाली गर्नेलाई कारवाहीको माग
‘गलबन्दी’ गीतको विवाद संसदसम्म पुग्यो, जातीय गाली गर्नेलाई कारवाहीको माग
जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्येक्षतर्फका सबै उम्मेदवार विजयी
जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्येक्षतर्फका सबै उम्मेदवार विजयी
११ अर्बको भ्रष्टाचार गर्ने चुडामणि शर्माविरुद्ध मुद्दा  दायर !
११ अर्बको भ्रष्टाचार गर्ने चुडामणि शर्माविरुद्ध मुद्दा दायर !
नेकपाको कार्यदलले भोलिबाट काम सुरु गर्ने
नेकपाको कार्यदलले भोलिबाट काम सुरु गर्ने
विशेषज्ञलाई स्थलगत निरीक्षण गरिदिन आग्रह
विशेषज्ञलाई स्थलगत निरीक्षण गरिदिन आग्रह
शुरु भयाे नेपाल–चीन मेला !
शुरु भयाे नेपाल–चीन मेला !
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
राष्ट्रियसभा बैठकमका एमसीसीकाे चर्चा
राष्ट्रियसभा बैठकमका एमसीसीकाे चर्चा
आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना : अध्यक्ष भीम ओली
आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना : अध्यक्ष भीम ओली
मुटुको चालमा गडबडी भएपछि डा केसी अाइसियुमा , केसी भन्छन ‘कर्णाली मै मर्छु’
मुटुको चालमा गडबडी भएपछि डा केसी अाइसियुमा , केसी भन्छन ‘कर्णाली मै मर्छु’