एफए कप फुटबल : आर्सनलमाथि म्यानचेस्टर युनाइटेडको जित

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
एफए कप फुटबल : आर्सनलमाथि म्यानचेस्टर युनाइटेडको जित

सारांश

  • काठमाडौं, १२ माघ ।
  • एफए कप फुटबलको चौथो चरणमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
  • शुक्रबार राति आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

काठमाडौं, १२ माघ । एफए कप फुटबलको चौथो चरणमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । शुक्रबार राति आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । प्रशिक्षक जोसे मोरिन्हो बर्खास्त गरेपछि ओल गुनारको नेतृत्वमा लगातार आठौं जित हो ।

म्यानचेस्टर युनाइटेडले लगातार आठ खेलमा जित निकाल्ने क्रममा एलेक्स सान्चेज, जेसी लिंगार्ड र एन्थोनी मार्शलले गोल गरे । आर्सनलका लागि पिएर एमरिकले एक गोल फर्काए ।

३१ औँ मिनेटमा सान्चेजको गोलबाट म्यानचेस्टर युनाइटेडले अग्रता लिएको थियो । ३३ औं मिनेटमा लिंगार्डले अर्को गोल थप्दै अग्रता दोब्बर बनाएका थिए । ४३ औँ मिनेटमा एमरिकले आर्सनलका लागि एक गोल फर्काएका थिए ।

पहिलो हाफमा २–१ को अग्रता बनाएको म्यानचेस्टरले दोस्रो हाफमा पनि आर्सनललाई खेलमा फर्कने कुनै मौका दिएन । उल्टै एक गोल थपेको थियो । ८२ औं मिनेटमा मार्शलले गोल गरेका थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?