ध्रुवेको अनौठो प्रेम, पाँच वर्षपछि यसरी आयो! चितवन निकुञ्जमा तनाव

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
५६ पटक हेरिएको
Shares
ध्रुवेको अनौठो प्रेम, पाँच वर्षपछि यसरी आयो! चितवन निकुञ्जमा तनाव

सारांश

  • चितवन: मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको ध्रुवे हात्तीले देखाएको छ ।
  • पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले सुखीभार पोष्ट क्षेत्रमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी र सेना त्रसित बनेका छन् ।
  • प्रेममा पर्यो चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट ‘टाइगर टप्स’ जाने बाटोमा रहेको सुखीभार पोष्टमा निकुञ्ज सुरक्षार्थ राखिएको पोथी हात्ती ‘तीर्थमान कली’लाई ध्रुवेले आज बिहान २:४० बजे साङ्लो चुँडाएर जंगलतर्फ लगेको छ ।

चितवन: मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको ध्रुवे हात्तीले देखाएको छ ।

पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले सुखीभार पोष्ट क्षेत्रमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी र सेना त्रसित बनेका छन् ।

प्रेममा पर्यो

चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट ‘टाइगर टप्स’ जाने बाटोमा रहेको सुखीभार पोष्टमा निकुञ्ज सुरक्षार्थ राखिएको पोथी हात्ती ‘तीर्थमान कली’लाई ध्रुवेले आज बिहान २:४० बजे साङ्लो चुँडाएर जंगलतर्फ लगेको छ ।

त्यही पोष्टमा हात्ती हेर्दै आएका रामकुमार चौधरीका अनुसार ध्रुवे हात्तीले तीर्थमान कलीसँगै बाँधिएको भाले हात्ती ‘पारस गज’लाई दाह्राले हानेर सामान्य घाइते बनाएको छ ।

‘राति ध्रुवे आएर पारस गजलाई हान्यो, तीर्थमान कलीको साङ्लो चुडाएर जंगलतर्फ लग्यो’, उनले भने । पोष्ट नजिकै तीर्थमान कलीसँगै ध्रुवे रहेको उनले बताए ।

दुई दिनअघि रासन कोठाको झ्याल पनि फोरेको छ । एक महिना अघिदेखि सो क्षेत्रमा ध्रुवे हात्ती रहेको उहाँले बताउनुभयो । चौधरीका अनुसार सबैलाई हात्तीले त्रसित बनाएको छ ।

सोही क्षेत्रमा पर्यटक घुमाउन सौराहाबाट शनिबार पुगेका जीप चालक गौरीराम विश्वकर्मालाई ध्रुवे हात्तीले लखेटेको थियो । ‘हामीलाई ध्रुवेले लखेटेपछि भागेर बच्यौँ’, उनले भने, ‘बाटोको छेउछेउ गाडीको पिछा गरेको थियो ।’

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले प्राविधिक, गाइड, हात्तीसारका कर्मचारी सबैले अहिले देखिएको हात्ती ध्रुवे भएको जनाएको बताए ।

गत साता शुक्रनगर क्षेत्रको मानव वस्तीमा पसेपछि लखेटेर जंगलतर्फ धपाएको उनले बताए । ध्रुवे हात्तीले यतिबेला खासै बितण्डा नमच्चाएको भन्दै उनले सामान्य क्षतिबाहेक केही नगरेको बताए । उनले भने, ‘अहिले सज्जन भएर आएछ ।’

ध्रुबेको उपद्रव

त्यही हात्तीले २०६६ देखि २०६९ सालसम्म नेपाल र भारतमा गरेर १५ जनाको ज्यान लिएको निकुञ्जका अधिकारीले जनाएका छन् । २०६६ सालमा एक जना, २०६७ सालमा तीन, २०६८ सालमा एक र २०६९ सालमा १० जना सर्वसाधारणको ज्यान लिएको थियो ।

जसमध्ये चितवनको माडीमा छ, मेघौलीमा दुई, कसरामा एक, बाराको रुपही र कोवीमा चार तथा भारतमा दुईजनाको ज्यान लिएको बताइएको छ । ध्रुवेले ५० भन्दा बढी घर नष्ट गरेको थियो ।

त्यही हात्तीले टाइगर टप्स होटलका शमशेरगज हात्ती मारेको थियो । २०६९ सालमा सो हात्तीलाई निकुञ्जमा गोली प्रहार गरिएको थियो । तर त्यो बेला नमरेको निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बताए ।

उनका अनुसार उमेर पुगेर उन्मत्त हुँदै गएपछि समूहबाट छुटेर पोथी हात्ती खोज्ने क्रममा ध्रुवे चितवन राष्ट्रिय निकुञ्ज आएको हो । जुन ठाउँमा ध्रुवे थियो त्यस क्षेत्रमा रहेका अन्य भाले हात्तीका कारण पोथी नपाएपछि ध्रुवे मात्तिएको बेला चितवन राष्ट्रिय निकुञ्ज आउने गर्दछ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुख महरामाथि बलात्कारको आरोप, नेकपामा खैलाबैला, सचिवालयको आयो यस्तो विज्ञप्ति
सभामुख महरामाथि बलात्कारको आरोप, नेकपामा खैलाबैला, सचिवालयको आयो यस्तो विज्ञप्ति
Bollywood actress who are dating and have married younger men!
Bollywood actress who are dating and have married younger men!
विश्वकप फुटवल:  खेलाडिका ५ रोचक तथ्य
विश्वकप फुटवल: खेलाडिका ५ रोचक तथ्य
मुख्यमन्त्रीले पाए विश्वासको मत : सरकार बने पनि काम गर्न नपाएको गुनासो
मुख्यमन्त्रीले पाए विश्वासको मत : सरकार बने पनि काम गर्न नपाएको गुनासो
कोरोना भाइरसबाट शनिबार १४३ जनाको मृत्यु, ६८ हजार बढी संक्रमित
कोरोना भाइरसबाट शनिबार १४३ जनाको मृत्यु, ६८ हजार बढी संक्रमित
लिपुलेक प्रकरणमा नेकपा नेताहरुको आरोपप्रत्यारोप, भीम रावललाई जथाभावी नबोल्न सुझाव
लिपुलेक प्रकरणमा नेकपा नेताहरुको आरोपप्रत्यारोप, भीम रावललाई जथाभावी नबोल्न सुझाव
इजरायल र हिजबुल्लाहबीच लेवनान सिमामा भिडन्त
इजरायल र हिजबुल्लाहबीच लेवनान सिमामा भिडन्त
अदालतको मानहानी गरेको भन्दै डा. गोविन्द केसीलाई पक्राउ पुर्जी
अदालतको मानहानी गरेको भन्दै डा. गोविन्द केसीलाई पक्राउ पुर्जी
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,
Играть в бесплатные игры онлайн-казино без регистрации Демо-игры казин