झण्डै १ करोडको काठ ट्रेक्टरमा लोड गर्दागर्दै यसरी भयो बरामद

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ८, २०७५
|
|
३७ पटक हेरिएको
Shares
झण्डै १ करोडको काठ ट्रेक्टरमा लोड गर्दागर्दै यसरी भयो बरामद

सारांश

  • जनकपुरधाम, ८ माघ ।
  • प्रदेश नम्बर दुईको धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ९ स्थित बैदहीमा मंगलबार काँचो रुख काटेर काठ ट्रेक्टरमा लोड गरिरहेकै अवस्थामा बरामद गरिएको छ ।
  • वाताबरण तथा सार्वजनिक सम्पत्ति संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले नगर प्रमुखको नेतृत्वमा निस्केको सुरक्षाकर्मी समेतको टोलीले मंगलबार वैदेही रेल्वे स्टेशन नजिक रहेको बिमला नदी छेउँको सार्वजनिक रुख काटेर ज १ त ५०७६ नम्बरको ट्रेक्टरमा लोड गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

जनकपुरधाम, ८ माघ । प्रदेश नम्बर दुईको धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ९ स्थित बैदहीमा मंगलबार काँचो रुख काटेर काठ ट्रेक्टरमा लोड गरिरहेकै अवस्थामा बरामद गरिएको छ ।

वाताबरण तथा सार्वजनिक सम्पत्ति संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले नगर प्रमुखको नेतृत्वमा निस्केको सुरक्षाकर्मी समेतको टोलीले मंगलबार वैदेही रेल्वे स्टेशन नजिक रहेको बिमला नदी छेउँको सार्वजनिक रुख काटेर ज १ त ५०७६ नम्बरको ट्रेक्टरमा लोड गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

गैरकानुनी रूपमा अनुमति बेगर काँचो रुख काट्न प्रतिबन्ध लागे पनि नदी छेउँको रुख स्थानीय सगिरा खातुनले काट्न लगाएको ट्रेक्टरचालक धर्मेन्द्र यादवले बताएका छन् । विदेह नगरपालिकाका मेयर बेचन दास, वडाध्यक्ष जुमराती नदाफ, सशस्त्र प्रहरीबल धनौजीका प्रहरी निरीक्षक सागर राई, प्रहरी चौकी वैदेहीका असई विशम्बर साह लगायतको टोलीले काठ बरामद गरेको हो ।

बरामद गरिएको काठ नगरपालिकाको कार्यालयमा पठाउने थालिएको मेयर दासले बताए । बिमला खोलाको छेउँमा करिब ९ किलोमिटरमा सार्वजनिक जामुनको रुख, बाँस, निमको रुख लगायतका काठ काटिएका छन् । जसको अन्दाजी मूल्य करिब १ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

(https://blogs.20minutos.es/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हङकङबिरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
भारत र पाकिस्तानका प्रतिनिधिमण्डल बैठक सुरू
भारत र पाकिस्तानका प्रतिनिधिमण्डल बैठक सुरू
डा आरजु राणा देउवाको  प्रतिबद्धतापत्र सार्वजनिक
डा आरजु राणा देउवाको प्रतिबद्धतापत्र सार्वजनिक
देउवासँग हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता छैन : विष्णु पौडेल
देउवासँग हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता छैन : विष्णु पौडेल
प्रधानमन्त्रीविरुद्ध अपशब्द बोल्दै नाराबाजी गर्ने ३ जना कारागार चलान
प्रधानमन्त्रीविरुद्ध अपशब्द बोल्दै नाराबाजी गर्ने ३ जना कारागार चलान
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै
ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प
ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री जाँदै
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री जाँदै
​टेलिकमबाट कामिनीलाई हटाइँदै !