पूर्वयुवराज पारश शाह नर्भिकमा भर्ना

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
पूर्वयुवराज पारश शाह नर्भिकमा भर्ना

सारांश

  • काठमाडौं, १४ माघ ।
  • स्वास्थ्यमा एक्कासी समस्या आएपछि पूर्वयुवराज पारश शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
  • उनको छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।

काठमाडौं, १४ माघ । स्वास्थ्यमा एक्कासी समस्या आएपछि पूर्वयुवराज पारश शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनको छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।

नर्भिकको आकस्मिक कक्षमा भर्ना भएका उनलाई मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको निगरानीमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार पारशलाई देखिएको लक्षणका आधारमा उनलाई माइनर हृदयाघात भएको हो। उनको आवश्यक जाँच भइरहेको र रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?