राउतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०७४
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर, १५ माघ , सिरुटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ साधारणसभाले हरिशरण राउतको अध्यक्षमा आइतबार नयाँ कार्यसमिति चयन गरेको छ ।
  • संस्थाको उपाध्यक्षमा राजेश श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, कोषाध्यक्ष सूर्यकृष्ण श्रेष्ठ तथा सदस्यमा क्रमशः श्यामकृष्ण राउत, रामकृष्ण श्रेष्ठ, भाइकृष्ण श्रेष्ठ, सानु राउत र भवानी कार्की सर्वसम्मतबाट चयन हुनुभएको छ ।
  • सूर्यविनायक नगरपालिका–१ मा कार्यालय रहेको सो संस्थाले आव २०७३÷७४ मा रु ४५ लाख ७५ हजारको कारोबार गरेको अध्यक्ष राउतले जानकारी दिनुभयो ।

भक्तपुर, १५ माघ , सिरुटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ साधारणसभाले हरिशरण राउतको अध्यक्षमा आइतबार नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा राजेश श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, कोषाध्यक्ष सूर्यकृष्ण श्रेष्ठ तथा सदस्यमा क्रमशः श्यामकृष्ण राउत, रामकृष्ण श्रेष्ठ, भाइकृष्ण श्रेष्ठ, सानु राउत र भवानी कार्की सर्वसम्मतबाट चयन हुनुभएको छ ।

सूर्यविनायक नगरपालिका–१ मा कार्यालय रहेको सो संस्थाले आव २०७३÷७४ मा रु ४५ लाख ७५ हजारको कारोबार गरेको अध्यक्ष राउतले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष आत्माराम अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाको शेयर पूँजी रु १८ लाख ९२ हजार, कूल निक्षेप रु ६५ लाख ७५ हजार, ऋण लगानी रु ५४ लाख सात हजार र ऋण असुली रु नौ लाख ५१ हजार रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का नवनिर्वाचित प्रदेशसभा सदस्य शशिजंग थापाले छरिएर रहेका सहकारीलाई एकीकरण गर्दै बृहत् सहकारी बनाएर जानु पर्नेमा जोड दिनुएको थियो ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?