धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : लिङदेन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ५, २०७६
|
|
१९ पटक हेरिएको
Shares
धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : लिङदेन

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधीसभा सदस्य राजेन्द्र लिङदेनले ०४६ को परिवर्तन पछि विभिन्न वहानामा समाजमा विग्रह ल्याउने कार्य सुरु भएसँगै धार्मिक एवं साँस्कृतिक सहिष्णुता खल्बलिंदै गएको बताउनुभएको छ ।
  • राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषदद्वारा आज आयोजित ‘नेपालमा सांस्कृतिक अतिक्रमण तथा राष्ट्रिय पहिचानको रक्षाको प्रश्न’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री लिङदेनले राजनीतिक परिवर्तनको आवरणमा सदियौंदेखि मिलेर बसेको समाजलाई धर्म, चाडपर्व लगायतका विषयमा अनावश्यक रुपमा फुट सिर्जना गराएर पश्चिमा धर्मलाई भित्र्याउन सुनियोजित तरिकाले मलजल गाराइएकै कारण ०६३ मा नेपाललाई धर्म निरपेक्ष बनाउन उक्त गिरोह सफल भएको दावी गर्नुभयो ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधीसभा सदस्य राजेन्द्र लिङदेनले ०४६ को परिवर्तन पछि विभिन्न वहानामा समाजमा विग्रह ल्याउने कार्य सुरु भएसँगै धार्मिक एवं साँस्कृतिक सहिष्णुता खल्बलिंदै गएको बताउनुभएको छ । राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषदद्वारा आज आयोजित ‘नेपालमा सांस्कृतिक अतिक्रमण तथा राष्ट्रिय पहिचानको रक्षाको प्रश्न’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै

महामन्त्री लिङदेनले राजनीतिक परिवर्तनको आवरणमा सदियौंदेखि मिलेर बसेको समाजलाई धर्म, चाडपर्व लगायतका विषयमा अनावश्यक रुपमा फुट सिर्जना गराएर पश्चिमा धर्मलाई भित्र्याउन सुनियोजित तरिकाले मलजल गाराइएकै कारण ०६३ मा नेपाललाई धर्म निरपेक्ष बनाउन उक्त गिरोह सफल भएको दावी गर्नुभयो ।

यही अवस्थाले निरन्तरता पाउँदै जाने हो भने नेपालमा ठूलो धार्मीक द्वन्द्व निम्तिन सक्ने आशंका व्यक्त गर्दै महामन्त्री लिङदेनले धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउने महान लक्ष र उद्देश्यका साथ अघि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र यो समस्याको निराकरण गर्न सक्ने भएकोले राप्रपालाई साथ र सहयोग गर्न सबैमा आग्रह समेत गर्नुभयो ।

चार गोष्ठीलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङले प्राचिनकाल देखि नै आफूहरुलाई हिन्दुको रुपमा चिनाउन उद्यत रहेको समुह नै आफ्नो आचरणमा बस्न नसकेकै कारण नेपाललाई ईसाइकरण गराउन मार्ग प्रशस्त भएको विचार व्यक्त गर्दै धार्मिक तथा सास्कृतिक अतिक्रमण रोक्न सबैले सनातनदेखि चलीआएको वेदीक धर्म, दर्शन अनुसार चल्न हिच्किचाउनु नहुने बताउनुभयो ।

सामाजिक, धार्मीक र साँस्कृतिक सद्भाव कायम राखेर छिन्नभिन्नको अवस्थातिर उन्मुख भएको राष्ट्रिय पहिचानलाई जोगाउनेतर्फ अग्रसर हुन ढिला भइसकेकोले सबै एकजुट भएर आवाज उठाउनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल प्राज्ञिक परिषदका संयोजक प्रा.डा. जयन्तनाथ खनालको सभापतित्वमा सम्पन्न उक्त विचार गोष्ठीमा प्रा.डा निर्मलमणी अधिकारी, काठमाडौं कलेज अफ ल का आचार्य डिल्लीराम गौतमलगायतले आ–आफ्नो विचार राख्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?