नेकपा महासचिव विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७९
|
|
५१ पटक हेरिएको
Shares
नेकपा महासचिव विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

सारांश

  • ललितपुर।
  • नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
  • ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत सो पार्टीका आधा दर्जन भन्दा बढी शिर्ष नेताहरु बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

ललितपुर। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत सो पार्टीका आधा दर्जन भन्दा बढी शिर्ष नेताहरु बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

जारी पक्राउ पुर्जी अनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रीय सदस्यहरु सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, उदयबहादुर चलाउनेले ३५ दिन भित्र अदालतमा हाजिर हुनुपर्नेछ।

उनीहरु बिरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको लगायत मुद्दा छ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीवाट बिद्रोही गर्दै सशस्त्र द्वन्द्वमा फर्किएका चन्द समुहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एकजनाको ज्यान गएको थियो भने देशभरी यस्ता हिस्रक घटना घटाएको सो समुह बिरुद्ध देशैभरी उजुरी छन्।

तत्कालीन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरु बिरुद्ध परेको मुद्धा अझै फिर्ता भएको छैन, जसकाकारण अदालतले समय समयमा नै उनीहरु बिरुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसियाली क्रिकेटमा भारतकाे मनलाग्दी, एसिसी भयाे रुष्ट !
एसियाली क्रिकेटमा भारतकाे मनलाग्दी, एसिसी भयाे रुष्ट !
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना
सातौँ राष्ट्रिय खेलकुद : क्रिकेटमा एपिएफ र मध्यमाञ्चल विजयी…
सातौँ राष्ट्रिय खेलकुद : क्रिकेटमा एपिएफ र मध्यमाञ्चल विजयी…
इन्भेस्टमेन्ट बैंकले इटालीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने
इन्भेस्टमेन्ट बैंकले इटालीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
बुद्ध जस्तो शान्त र सोझो मेयरको यस्तो हर्कत !
बुद्ध जस्तो शान्त र सोझो मेयरको यस्तो हर्कत !
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
आजको राशिफल
आजको राशिफल
एमाले-माओवादी एकता प्रक्रिया पर धकेलियो
एमाले-माओवादी एकता प्रक्रिया पर धकेलियो
प्रधानमन्त्री ओलीलाई कठोर कदम चाल्न दवाव दिने नेकपामा तयारी
प्रधानमन्त्री ओलीलाई कठोर कदम चाल्न दवाव दिने नेकपामा तयारी