शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
१७ पटक हेरिएको
Shares
शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

सारांश

  • काठमाडौँ,१५ माघ ।
  • कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतबार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ ।
  • दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको उपनिवेश विरुद्ध लडेर मुलुकलाई मुक्त बनाएको दिनको सम्झनामा स्वतन्त्रता आन्दोलन दिवस मनाउने गरिएको छ ।

काठमाडौँ,१५ माघ । कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतबार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ ।

दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको उपनिवेश विरुद्ध लडेर मुलुकलाई मुक्त बनाएको दिनको सम्झनामा स्वतन्त्रता आन्दोलन दिवस मनाउने गरिएको छ ।

स्थानीय सञ्चार माध्यमहरुले मङ्गलबार लेखेको समाचार अनुसार दक्षिण कोरियाको एकीकरण मन्त्रालयले संयुक्त रुपमा शतवार्षिकी समारोह मनाउने प्रस्तावसहित उत्तर कोरियालाई पत्राचार गरेको हो ।

दक्षिण कोरियाली अधिकारीहरुले अहिले उत्तर कोरियाको जवाफको प्रतीक्षा गरिरहेको पनि स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरियाली प्रायःद्वीपमा सन् १९१० देखि १९४५ सम्म जापानको साम्राज्य थियो । देशव्यापी स्वतन्त्रता आन्दोलनका क्रममा सन् १९१९ मार्च १ तारिखका दिन सात हजार ५०० कोरियाली नागरिक मारिएका थिए भने ५० हजार भन्दा बढी गिरफ्तार भएका थिए ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले गत सेप्टेम्बरमा संयुक्त रुपमा शतवार्षिक समारोह मनाउने सहमति गर्नुभएको थियो ।

उत्तरको राजधानी प्योङ्याङमा भएको दुई नेताको तेस्रो शिखर बैठकमा भएको सम्झौतामा यो कुरा उल्लेख गरिएकाले दक्षिण कोरियाले संयुक्त रुपमा मनाउन अहिले पत्राचार गरेको अधिकारीहरुले बताएका छन् ।अघिल्ला वर्षहरुमा दुवै कोरियाले एकै दिन आ–आफ्नै तरिकाले यो दिवसलाई मनाउने गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?