पाँच वर्षदेखि पुल निर्माण अलपत्र

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
१७ पटक हेरिएको
Shares
पाँच वर्षदेखि पुल निर्माण अलपत्र

सारांश

  • जाजरकोट, ८ वैशाख, भेरी करिडोरभित्र पर्ने छिन्चु जाजरकोट सडकमा यातायात सञ्चालन भएको १० वर्ष बित्यो ।
  • उक्त सडक कालोपत्रे भएको पनि पाँचवर्ष बितेको छ ।
  • तर सडकको पासागाड खोलामा पुल निर्माण हुनसकेको छैन ।

जाजरकोट, ८ वैशाख, भेरी करिडोरभित्र पर्ने छिन्चु जाजरकोट सडकमा यातायात सञ्चालन भएको १० वर्ष बित्यो । उक्त सडक कालोपत्रे भएको पनि पाँचवर्ष बितेको छ । तर सडकको पासागाड खोलामा पुल निर्माण हुनसकेको छैन । सडक विभागको लापरबाहीले पुल निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ ।

पासागाड खोलामा पुल नबन्दा बर्खामा यातायात अवरुद्ध हुँदा जाजरकोट, डोल्पा र जुम्लाका यात्रुलाई सास्ती हुने गरेको छ । बर्खा लाग्ने वित्तिकै खोलाको बाढीका कारण यात्रुलाई आवजावतमा सास्ती हुने गरेको हो ।
सडक विभाग र आइएमई आरसी कन्सलटेन्सी ललितपुरको चरम लापरबाहीको कारण पुल निर्माण अलपत्र परेको हो । दुई वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम शुरुसमेत नभएको स्थानीय कालीबहादुर पुनले बताउनुभयो  ।
परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माणको कार्य हुन नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुशील पौडेलले बताउनुभयो  । पुल निर्माणका लागि ५ वर्षअघि विभागको सूचनाबमोजिम रु ३ करोडमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौंको टेन्डर स्वीकृत भएको थियो । तर निर्माण स्थल र डिजाइनको तालमेल नमिल्दा पुल निर्माण अवरुद्ध भएको पौडेलले बताउनुभयो  । ‘पुल निर्माण स्थलको भौगोलिक अवस्था र डिजाइनले मेल नखाँदा निर्माण कम्पनीले निर्माण कार्य शुरु गर्न नसकेको हो,’ पौडेलले भन्नुभयो ।
पुलको रिडिजाइन भएर लागत यकिन नभएसम्म निर्माण कार्य अघि नबढ्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?