निर्माणमा ढिलाइ गर्ने कम्पनीलाई कारवाही हुन्छः मन्त्री रघुवीर महासेठ

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
निर्माणमा ढिलाइ गर्ने कम्पनीलाई कारवाही हुन्छः मन्त्री रघुवीर महासेठ

सारांश

  • विराटनगर, २८ साउन ।
  • सडक तथा पुल निर्माणमा ढिलाइ गर्ने देशभरका डेढ सयभन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् ।
  • ती निर्माण कम्पनीलाई कारबाही गरिनका साथै आगामी भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विराटनगरमा आज सञ्चारकर्मीहरुसंगको कुराकानीमा जानकारी दिए ।

विराटनगर, २८ साउन । सडक तथा पुल निर्माणमा ढिलाइ गर्ने देशभरका डेढ सयभन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् । ती निर्माण कम्पनीलाई कारबाही गरिनका साथै आगामी भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विराटनगरमा आज सञ्चारकर्मीहरुसंगको कुराकानीमा जानकारी दिए ।

सडक निर्माणका क्रममा ठेकेदार कम्पनीहरुले गर्ने ढिलाइ अब अन्त्य हुने बताउदैे उनले केही निर्माण कम्पनीलाई अन्तिम चेतावनी दिइएको र अन्तिम पटक समय उपलब्ध गराउँदा पनि निर्माण हुन नसके जरिवानासहित ठेक्का पनि रद्द गर्छौं भने । यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्ने र ठेकेदार कम्पनीलाई कारबाही गर्ने विषयमा गृहमन्त्रीसँग आफ्नो कुनै मनमुटाव नभएको प्रष्ट पार्दै मन्त्री महासेठले स्थानीय क्षेत्रमा निर्माण भइरहेका बाहेकका सडकलाई सुधार गरिने बताए । उनले सर्वोच्च अदालतको आदेशका कारण सडक निर्माण कार्यमा केही ढिलाइ भएको प्रष्ट पारे ।

प्रदेश सरकारले दिएको सार्वजनिक बिदा संघीय सरकार अन्तर्गतका कार्यालयले नमानेको सन्दर्भमा मन्त्री महासेठले समन्वयको अभावमा त्यो कार्यान्वयन हुन नसकेको जानकारी दिँदै सार्वजनिक बिदा धेरै भई सबैतिरवाट विरोध भएकाले संघीय सरकारले बिदा कटौती गरेको बताए । यस विषयमा प्रदेश सरकारले एकरूपता ल्याउन संघीय सरकारसँग समन्वय गर्दा राम्रो हुने तर संघीय सरकारले प्रदेशलाई कमजोर पार्नेगरी गरी कुनै पनि निर्णय नगरेको उनले चर्चा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?