‘दीपज्योति सम्मान’ अधिकारी र श्रेष्ठलाई
सारांश
- काठमाडौँ, २२ वैशाख , टोखा नगरपालिका वडा नं ९ स्थित दीपज्योति आवासीय माविले यस वर्षको ‘दीपज्योति सम्मान’ स्रष्टाद्वय यशोदा अधिकारी र रत्नप्रसाद श्रेष्ठ अनामणिलाई प्रदान गरेको छ ।
- आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरी र नेकपा (एमाले) का प्रदेशसभा सदस्य योगेन्द्र संग्रौलाले प्रदान गर्नुभयो ।
- भाषा, साहित्य र पत्रकारितामा युवापुस्ताबाट योगदान दिएको भन्दै उहाँहरुलाई जनही रु सात हजार राशिको सो सम्मान प्रदान गरिएको हो ।
काठमाडौँ, २२ वैशाख , टोखा नगरपालिका वडा नं ९ स्थित दीपज्योति आवासीय माविले यस वर्षको ‘दीपज्योति सम्मान’ स्रष्टाद्वय यशोदा अधिकारी र रत्नप्रसाद श्रेष्ठ अनामणिलाई प्रदान गरेको छ ।
आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरी र नेकपा (एमाले) का प्रदेशसभा सदस्य योगेन्द्र संग्रौलाले प्रदान गर्नुभयो ।
भाषा, साहित्य र पत्रकारितामा युवापुस्ताबाट योगदान दिएको भन्दै उहाँहरुलाई जनही रु सात हजार राशिको सो सम्मान प्रदान गरिएको हो ।
सदस्य सचिव गिरीले साहित्य सधैँ प्रतिक्रियावादी सत्ताको विपक्षी र जनपक्षीय सरकारको पक्षमा हुने भएकाले राजनीति र साहित्यबीचको दूरीलाई टाढा नबनाइ साहित्यिक सन्देशलाई सामाजिक जागरणसँग जोड्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीबीच गरिएको प्रतियोगी वसन्त काव्यगोष्ठीमा तारा केसी, धरणीधर गुराराईं र भवानीमैया पन्त पुरस्कृत हुनुभयो । उहाँहरुलाई जनही रु एक हजार पुरस्कार दिइएको थियो । प्रतियोगितामा प्रह्लाद पोखरेल, दामोदर पुडासैनी ‘किशोर’ र छविरमण सिलवाल निर्णायक मण्डलमा हुनुहुन्थ्यो ।
विद्यालयका संस्थापक प्रिन्सिपल उपेन्द्रनरसिंह अधिकारीले शिक्षा र साहित्यलाई जोड्न विगत एक दशकदेखि नियमित साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको जनाउनुभयो ।
प्रतिक्रिया