माछा खोज्दा अजिंगर फेला परेपछि…
सारांश
- झापा ।
- झापाको अर्जुनधारामा खोलामा माछा मार्ने क्रममा दुर्लभ अजिंगर भेटिएको छ ।
- स्थानीयले खोलामा माछा मार्ने क्रममा अजिंगर फेला पारेका हुन् ।
झापा । झापाको अर्जुनधारामा खोलामा माछा मार्ने क्रममा दुर्लभ अजिंगर भेटिएको छ । स्थानीयले खोलामा माछा मार्ने क्रममा अजिंगर फेला पारेका हुन् ।
भेटिएको आठ किलो तौल र ६ फिट लम्बाइ भएको सो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन् ।
स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताएका छन् ।
वन कार्यालयको निर्देशनमा अजिंगर संरक्षणका लागि अर्जुनधारा–१ स्थित हलुवागढ सामुदायिक वनलाई हस्तान्तरण गरिने भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया