महरा प्रकरणमा रोशनीको खुलासाः मानशिक अवस्था बिग्रन जाँदा १०० मा फोन गरेछु

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
महरा प्रकरणमा रोशनीको खुलासाः मानशिक अवस्था बिग्रन जाँदा १०० मा फोन गरेछु

सारांश

  • निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी भनिएकी संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले मनोवैज्ञानिक र मानसिक दबाबमा आफूले प्रहरीमा उजुरी दिएको खुलासा गरेकी छन्।
  • एपीवान टेलिभिजनसँगको कुराकानीमा शाहीले यस्तो खुलासा गरेकी हुन्।
  • ‘असोज १७ गतेको किटानी जाहेरी निवेदन मलाई बाध्य पारेर लेख्न लगाई दर्ता गराइएको हो’, कुराकानीमा उनले भनेकी छन्, ‘असोज १७ गते प्रहरीले तयार पारेको निवेदनको खेस्राको आधारमा मलाई मनोवैज्ञानिक र मानसिक दबाब दिएर तयार पार्न लगाइएको निवेदनका आधारमा मात्रै अनुसन्धान भइरहेको छ।

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी भनिएकी संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले मनोवैज्ञानिक र मानसिक दबाबमा आफूले प्रहरीमा उजुरी दिएको खुलासा गरेकी छन्। एपीवान टेलिभिजनसँगको कुराकानीमा शाहीले यस्तो खुलासा गरेकी हुन्।

‘असोज १७ गतेको किटानी जाहेरी निवेदन मलाई बाध्य पारेर लेख्न लगाई दर्ता गराइएको हो’, कुराकानीमा उनले भनेकी छन्, ‘असोज १७ गते प्रहरीले तयार पारेको निवेदनको खेस्राको आधारमा मलाई मनोवैज्ञानिक र मानसिक दबाब दिएर तयार पार्न लगाइएको निवेदनका आधारमा मात्रै अनुसन्धान भइरहेको छ।’

उनले बानेश्वर प्रहरी वृत्तमा असोज १५ गते दर्ता गरेको निवेदनमा उल्लेख भएको कुरामात्र सत्य(तथ्य भएको दाबी गरेकी छन्। ‘१५ गतेको निवेदनमा असोज १२ गते घटेको भनिएको घटनाका बारेमा पूर्ण विवरणसहित आफ्नो श्रीमान् चित्रजंग शाहीको रोहबरमा बानेश्वरमा निवेदन दिएकी थिएँ’, उनले भनिन्, ‘तर, सो निवेदनको आधारमा प्रहरीले अनुसन्धान गरेन।’

उनले उक्त निवेदनमा महरा असोज १२ गते आफ्नो कोठामा उपस्थित नै नभएको उल्लेख भएको दाबी गरेकी छन्। शाहीले अकस्मात आफ्नो मानसिक अवस्था बिग्रन जाँदा १००मा फोन गरेको बताएकी छन्। ‘असोज १२ गते अकस्मात मेरो मानसिक अवस्था बिग्रन गई विक्षिप्त अवस्थामा प्रहरीको १०० मा फोन गरी प्रहरी बोलाएकी रहेछु।

प्रहरी आइसकेपछि उहाँहरु अर्थात् प्रहरीले सभामुख महराले हातपात गरेको भनेर तपाईंको फोन आएकाले हामी आएको भन्नुभयो’, शाहीले भनिन्, ‘तर, सोही समयमा खानतलासी गर्दा केही नभेटेपछि प्रहरी फर्किएर जानु भएको रहेछ। प्रहरी गए पश्चात पनि मैले क–कसलाई फोन गरेकी रहेछु र को–कोसँग के–के भने थाहा भएन।

पछि होसमा आउँदा विभिन्न मिडियामा मेरो र कृष्णबहादुर महरा सरको नाम जोडी विभिन्न किसिमका लान्छना लगाइएका समाचार प्रसार भइरहेको देखेर म नै अचम्म परेँ।’ जिल्ला अदालत काठमाडौंले महरालाई थप अनुसन्धान गर्न आइतबार प्रहरीलाई पाँच दिनको म्याद दिएको छ । यसअघि अदालतले प्रहरीलाई दिएको तीन दिनको म्याद शुक्रबार सकिएको थियो । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ च्याम्पियनसीप । नेपालको भेट माल्दिभ्ससँग-
साफ च्याम्पियनसीप । नेपालको भेट माल्दिभ्ससँग-
इजरायल–हमास युद्धमा १५ सय बढी मारिए, कस्तो छ हालको अवस्था ?
इजरायल–हमास युद्धमा १५ सय बढी मारिए, कस्तो छ हालको अवस्था ?
संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री
संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री
१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक रु नौ खर्ब
१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक रु नौ खर्ब
नेप्से परिसूचक २७ अङ्कले बढ्यो
त्यो सैन्य अभ्यास जसले विश्वलाई नै ध्वस्त पार्न सक्थ्यो
त्यो सैन्य अभ्यास जसले विश्वलाई नै ध्वस्त पार्न सक्थ्यो
जहाज खरिदमा कुनै कमजोरी नहोस् :  प्रधानमन्त्री
जहाज खरिदमा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री
गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि खुला गर्ने तयारी
गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि खुला गर्ने तयारी
अनसनरत निर्मला पन्तका बुवाकाे गाेजीमा भेटियाे यस्ताे डरलाग्दाे तथ्य
अनसनरत निर्मला पन्तका बुवाकाे गाेजीमा भेटियाे यस्ताे डरलाग्दाे तथ्य
प्रदेश नम्बर २ का लागि नयाँ शक्ति पार्टीका २० योजना
प्रदेश नम्बर २ का लागि नयाँ शक्ति पार्टीका २० योजना

तपाईंले छुटाउनुभयो कि?