माछा खोज्दा अजिंगर फेला परेपछि…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
माछा खोज्दा अजिंगर फेला परेपछि…

सारांश

  • झापा ।
  • झापाको अर्जुनधारामा खोलामा माछा मार्ने क्रममा दुर्लभ अजिंगर भेटिएको छ ।
  • स्थानीयले खोलामा माछा मार्ने क्रममा अजिंगर फेला पारेका हुन् ।

झापा । झापाको अर्जुनधारामा खोलामा माछा मार्ने क्रममा दुर्लभ अजिंगर भेटिएको छ । स्थानीयले खोलामा माछा मार्ने क्रममा अजिंगर फेला पारेका हुन् ।

भेटिएको आठ किलो तौल र ६ फिट लम्बाइ भएको सो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन् ।

स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताएका छन् ।

वन कार्यालयको निर्देशनमा अजिंगर संरक्षणका लागि अर्जुनधारा–१ स्थित हलुवागढ सामुदायिक वनलाई हस्तान्तरण गरिने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?