बिजुलीको मिटर बढाइदिन्छु भन्दै १५ हजार घुस

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
२८ पटक हेरिएको
Shares
बिजुलीको मिटर बढाइदिन्छु भन्दै १५ हजार घुस

सारांश

  • काठमाडौं ।
  • नेपाल विद्युत प्राधिकरण पुरानोबानेश्वर वितरण केन्द्र, नयाँ ग्राहक शाखाका एक कर्मचारीले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको भन्दै पक्राउ गरेको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरानो बानेश्वर शाखामा कार्यरत सुपरभाइजर महेन्द्र प्रधानले मिटरको क्षमता वृद्धि गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम मागेको पक्राउ गरेको छ ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरण पुरानोबानेश्वर वितरण केन्द्र, नयाँ ग्राहक शाखाका एक कर्मचारीले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको भन्दै पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरानो बानेश्वर शाखामा कार्यरत सुपरभाइजर महेन्द्र प्रधानले मिटरको क्षमता वृद्धि गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम मागेको पक्राउ गरेको छ ।

अख्तियारले नायव सुब्बा प्रधानलाई सेवाग्राहीसँग १५ हजार घुसबापतको रकम लिएको भन्दै कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?