प्रधानमन्त्री पत्नी आरजु हारको नजिक, कांग्रेसको गढ मानिएकै क्षेत्रबाट कम मत

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
प्रधानमन्त्री पत्नी आरजु हारको नजिक, कांग्रेसको गढ मानिएकै क्षेत्रबाट कम मत

सारांश

  • कैलाली, मंसिर २४ – प्रधानमन्त्री पत्नी आरजु राणालाई काँग्रेसको गढ मानिएकै वडाहरुबाट कम मत आएको छ ।
  • बजार क्षेत्रको वडाबाटै आश गरेको भन्दा निक्कै कम मत पाएपछि आरजु हार नजिक पुग्नु भएकाे हो ।
  • १९ वटा वडा रहेको धनगढीमा १ देखि १३ नम्बर वडालाई कांग्रेसको आफ्नो गढको रुपमा लिदै आएको छ ।

कैलाली, मंसिर २४ – प्रधानमन्त्री पत्नी आरजु राणालाई काँग्रेसको गढ मानिएकै वडाहरुबाट कम मत आएको छ । बजार क्षेत्रको वडाबाटै आश गरेको भन्दा निक्कै कम मत पाएपछि आरजु हार नजिक पुग्नु भएकाे हो ।
१९ वटा वडा रहेको धनगढीमा १ देखि १३ नम्बर वडालाई कांग्रेसको आफ्नो गढको रुपमा लिदै आएको छ । यी मध्ये ३ र ६ बाहेकका सबै वडामा गत असारमा सम्पन्न स्थानीय तहको चुनावमा कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका थिए । तर अहिले बजार क्षेत्रकै वडाबाट आरजुलाई कम मत आएको छ ।
अहिलेसम्मका मत परिणाम अनुसार आरजु भन्दा नारद मुनि राना ३३ सय ५२ मतले अगाडि हुनुहुन्छ । अब गणना गर्न बाँकी ६ हजार मत मात्रै रहेकाले आरजु हार्ने निश्चित जस्तै भएको छ । आफ्नो पक्कड मानिएको क्षेत्रबाटै सोचे जस्तो मत नआएपछि काँग्रेसजनमा अन्तर्घात भएको आरोपप्रत्यारोप चल्न थालेको छ । पर्यटक उम्मेदवारको आरोप लागेपछि मतदातामाझ आफू धनगढीकै भएको सन्देश प्रवाह गर्न आरजुले धनगढीमा ३ करोडको घर किन्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ किलोग्राम चरेससहित एकजना पक्राउ
३ किलोग्राम चरेससहित एकजना पक्राउ
काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ
दुबइमा पहिलोपटक नेपाली फेशन शो, र्‍यापमा उत्रिँदै हिरोइन र मोडल
दुबइमा पहिलोपटक नेपाली फेशन शो, र्‍यापमा उत्रिँदै हिरोइन र मोडल
निर्मला हत्या प्रकरण अनुसन्धान अघि बढाइदै, डिआइजीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन
निर्मला हत्या प्रकरण अनुसन्धान अघि बढाइदै, डिआइजीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन
शिशु जन्माएर फाल्ने युवती पक्राउ
बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज
बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज
मध्यपहाडी लोकमार्ग खुलाउन तीन हप्ता लाग्ने
मध्यपहाडी लोकमार्ग खुलाउन तीन हप्ता लाग्ने
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
मञ्जुश्री फाइनान्सको नाफा ५० प्रतिशतले वृद्धि
मञ्जुश्री फाइनान्सको नाफा ५० प्रतिशतले वृद्धि
ओली-प्रचण्ड : ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’
ओली-प्रचण्ड : ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’