दश पक्की पुल निर्माण तीव्र

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
२० पटक हेरिएको
Shares
दश पक्की पुल निर्माण तीव्र

सारांश

  • कञ्चनपुर, १२ साउन, वेदकोट नगरपालिकामा १० पक्की पुल निर्माण तीव्ररुपमा अगाडि बढेको छ ।
  • आव ०७४÷७५ मा निर्माण प्रारम्भ भएका पुलको ३० देखि ७० प्रतिशतसम्म काम सम्पन्न भएको छ ।
  • नगरपालिका वडा नं ४ बैतडा– घटाल थान जोड्ने दैजी खोलामा रु २२ करोड ६५ लाख १९ हजार ८६३ मा पुल निर्माण अगाडि बढेको छ ।

कञ्चनपुर, १२ साउन, वेदकोट नगरपालिकामा १० पक्की पुल निर्माण तीव्ररुपमा अगाडि बढेको छ ।

आव ०७४÷७५ मा निर्माण प्रारम्भ भएका पुलको ३० देखि ७० प्रतिशतसम्म काम सम्पन्न भएको छ । नगरपालिका वडा नं ४ बैतडा– घटाल थान जोड्ने दैजी खोलामा रु २२ करोड ६५ लाख १९ हजार ८६३ मा पुल निर्माण अगाडि बढेको छ । सो पुल निर्माण ७० प्रतिशत पूरा भएको छ । नगरपालिका वडा नं ५ पोलखरी र वडा नं ६ सिसैया जोड्ने चौधर नदीमा रु ११ करोड ४६ लाख ६० हजार ६० को लागतमा निर्माण शुरु गरिएको पुल ३५ प्रतिशत पूरा भएको छ ।

यसैगरी नगरपालिकाको वडा नं ६ मुसेपानी र वडा नं ७ गाउजी पुलती बजार जोड्ने पुल रु १७ करोड ४१ लाख ७४ हजार ५३, वडा नं ३ वेदकोट नदीको खलगौडीमा रु चार करोड ७६ लाख ५५ हजार ८९५, वडा नं ३ कै भम्का र वडा नं ४ विजयनगर जोड्ने साजगाडमा रु १२ करोड २८ लाख ४० हजार ९७५ तथा वडा नं २ जडेपानी र वडा नं ३ जोडन राधा नदीमा रु पाँच करोड १२ लाख १५ हजार ८४८ को लागतमा पुल निर्माण भइरहेको नगर प्रमुख अशोककुमार चन्दले बताउनुभयो । उहाँका अनुसार निर्माणाधीन पुलको ३५ प्रतिशत काम पूरा भएको छ ।

यसैगरी नगरपालिकाको वडा नं १ हात्तीथला र वडा नं २ को जडेपानीको पथरिया नदीमा रु ७२ करोड २० लाख ६७ हजार ६२१, वडा नं ३ र वडा नं २ वसन्तथला जोड्ने रु एक करोड ५५ लाख, वडा नं १० को बल्मा नदीमा रु नौ करोड ५७ लाख ३३ हजार ४३९ र वडा नं १० कै नयाँ गाउँ र भीमदत्तनगरपालिका १९ जोड्ने कनकट्टी खोलामा रु छ करोड ४९ लाख ७१ हजारको लागतमा पक्की पुल निर्माणका काम भइरहेका छन् ।

पुल निर्माण भएपछि नगरपालिकाका बासिन्दाले सहज रुपमा जीवयापन गर्न पाउने र नदी तर्नु पर्ने झण्झटबाट मुक्ति पाउने नगर प्रमुख चन्दले भन्नुभयो, “पुल निर्माणले सबैको शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा सहज पहुँच पुग्ने विश्वास लिएका छौँ ।” नगरपालिकाका अन्य नौ स्थानमा समेत पुल निर्माणका लागि पहल भइरहेको छ । माटो परीक्षण गरी पुल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

यस्तै वडा नं १ को चम्फापुरको राधा नदी, वडा नं २ को पथरिया नदी र वडा नं १० को चथरीमा झोलुंगे पुल निर्माण भइरहेको छ । पाँच स्थानका लागि झोलुंगे पुल निर्माणको माग आएको बताउँदै नगर प्रमुख चन्दले भन्नुभयो, “पुल निर्माणका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।”

वैकल्पिक मार्गको काम दु्रत

नगरपालिकाले प्रदेश नं ७ का पहाडी सात जिल्ला जोड्ने वैकल्पिक छोटो दूरीको सडक निर्माणलाई समेत अगाडि बढाएको छ । नगरपालिकाको वडा नं ३ बाट शुरु भएको दैजी–बुडर सडकखण्ड दैजीदेखि छेला बजारसम्म कालोपत्रे भइसकेको र छेला बजार औद्योगिक क्षेत्रबाट लिप्ना (कञ्चनपुर) वेदकोटको सिमाना (डडेल्धुरा) पर्शुराम नगरपालिकाको सीमा पानीढाल लिपनासम्म कालोपत्रे (पिच) बनाउन ठेक्का भइसकेको नगर प्रमुख चन्दले बताउनुभयो ।

“विसं २०७६ असोजभित्र काम सम्पन्न गर्नुपर्ने कार्यादेश रहेको छ”, उहाँले भन्नुभयो । सडक निर्माणको कूल लागत रु २७ करोड ६३ लाख २९ हजार २७३ छ ।

सात खानेपानी आयोजना निर्माण हुँदै

नगरपालिकामा एकै साथ सात ठूला खानेपानी आयोजना निर्माण अगाडि बढाइएका छन् । नगरपालिका वडा नं १ मा हात्तीथला खानेपानी तथा सरसफाइ आयोजना रु १२ करोड ४० लाख, वडा नं २ मा झरना खानेपानी तथा सरसफाइ आयोजना रु नौ करोड ९९ लाख, वडा नं ३ मा दैजी खानेपानी तथा सरसफाइ आयोजना रु १३ करोड ५३ लाख, वडा नं ४ मा धरमपुर खानेपानी तथा सरसफाइ आयोजना रु पाँच करोड र वडा नं ६, ७ र ८ मा सुडा टाउन खानेपानी तथा सरसफाइ समिति रु ३३ करोडमा निर्माण भइरहेका छन् ।

यसैगरी वडा नं ९ मा बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना रु छ करोड र वडा नं १० मा नवदुर्गा खानेपानी तथा सरसफाइ आयोजना रु ५९ लाखमा निर्माण अगाडि बढाएको छ ।

निर्माण प्रारम्भ भएका खानेपानी आयोजनाबाट १० हजारभन्दा बढी बासिन्दा लाभान्वित हुनेछन् । खानेपानी आयोजनाबाट झण्डै २३ लाख २५ हजार लिटर शुद्ध पेयजल बासिन्दालाई उपलब्ध हुने नगर प्रमुख चन्दको भनाइ छ ।

चालू आवमा निर्माण सञ्चालन हुने गरी नौ खानेपानी आयोजनाको सर्भेको कार्य पूरा गरिएको छ । पुराना खानेपानी आयोजनाको मर्मतसम्भारको कार्यसमेत भएको बताउँदै नगर प्रमुख चन्दले भन्नुभयो, “लाइन र धारा विस्तारको कार्य समेत पूरा गरिएको छ । अतिगरीब तथा विपन्न परिवारलाई खानेपानीका ७२ वटा हेण्डपम्प पनि वितरण गरिएको छ । सर्वसाधारणको सरसफाइमा टेवा पु¥याउनका लागि ८७ वटा शौचालय निर्माण गरिएका छन् । शौचालयसँगै अनुदानमा २२ वटा गोबर ग्याससमेत जडान गरिएका छन् ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले कोरोनाविरुद्ध लड्न चीनलाई सहयोग गर्ने
भारतले कोरोनाविरुद्ध लड्न चीनलाई सहयोग गर्ने
देशभर भारी वर्षा, बाढी पहिरोको सम्भावना उच्च, सतर्क रहन आग्रह
देशभर भारी वर्षा, बाढी पहिरोको सम्भावना उच्च, सतर्क रहन आग्रह
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना
अब देशमा राजनीतिक स्थायित्व कायम हुने छ : प्रधानमन्त्री दाहाल
अब देशमा राजनीतिक स्थायित्व कायम हुने छ : प्रधानमन्त्री दाहाल
भरतपुरको मतगणनाबारे निर्णय गर्न आयोगको बैठक जारी
भरतपुरको मतगणनाबारे निर्णय गर्न आयोगको बैठक जारी
नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व सिंहको योगदानको स्मरण
नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व सिंहको योगदानको स्मरण
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने
सी आउँदा र जाँदा विमानस्थल बन्द
सी आउँदा र जाँदा विमानस्थल बन्द
काँग्रेस नेता सिंह अस्वस्थ, मेडिसिटीमा भर्ना
काँग्रेस नेता सिंह अस्वस्थ, मेडिसिटीमा भर्ना
स्कुलमा भर्नाका लागि डेढ दशकदेखि तामझाम, उपलब्धि न्यून

तपाईंले छुटाउनुभयो कि?