गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
६१ पटक हेरिएको
Shares
गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट

सारांश

  • काठमाडौं, माघ १६ ।
  •  आफूलाई गाडीको व्यवस्था नगरिएको भन्दै धनुषा चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले निर्णय पुस्तिका (माइन्युट) च्यातेकी छिन् ।
  • मेयर रामबाबु यादव र प्रशासकीय अधिकृत डिकबहादुर कार्मीले मात्रै गाडी चढेर आफूलाई बेवास्ता गरेको, कार्यकक्ष राम्रो नभएको, ‘एट्याच्ड’ बाथरुम नभएको र निर्णय प्रक्रियामा सामेल नगराएको उनको आरोप छ ।

काठमाडौं, माघ १६ । आफूलाई गाडीको व्यवस्था नगरिएको भन्दै धनुषा चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले निर्णय पुस्तिका (माइन्युट) च्यातेकी छिन् । मेयर रामबाबु यादव र प्रशासकीय अधिकृत डिकबहादुर कार्मीले मात्रै गाडी चढेर आफूलाई बेवास्ता गरेको, कार्यकक्ष राम्रो नभएको, ‘एट्याच्ड’ बाथरुम नभएको र निर्णय प्रक्रियामा सामेल नगराएको उनको आरोप छ ।

मेयर यादवका अनुसार उपमेयर मीनाले गाडी र तलबको माग गरी माइन्युट च्यातेकी हुन् । तर, मीनाले भने त्यति कारणले मात्रै माइन्युट नच्यातेको बताइन् । ‘मलाई नगरपालिकाका दैनिक कार्य, विकास निर्माणलगायतका कामबारे जानकारी नै दिइँदैन, दुवैजनाले एकलौटी गर्छन्,’ उनले भनिन् । मीना माओवादी केन्द्रबाट र मेयर यादव संघीय समाजवादी फोरमबाट निर्वाचित हुन् ।

नगरपालिकाको गाडी मेयरको छोरा र परिवारका सदस्यले चढ्ने गरेको उपमेयर मीनाले बताइन् । ‘नगरपालिकाको गाडी मेयरका आफन्तहरूले चढ्ने, उपमेयर अनुगमन वा कार्यालयकै काममा जाँदा पनि चढ्न नपाउने ?’ उपमेयर मीनाले भनिन्, ‘गाडी मुख्य विषय होइन, मैले गाडीका लागि माइन्युट च्यातेको पनि होइन । म पनि जनप्रतिनिधि हुँ, मसँग कुनै विषयमा परामर्श गरिन्न । मेयर र अधिकृतले जनप्रतिनिधिको अपमान गर्छन्, त्यसैले च्यात्न बाध्य भएकी हुँ ।’ आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

मेयर यादव र प्रशासकीय अधिकृत कार्मी बस्ने कार्यकक्षमा ‘एट्याच्ड’ बाथरुम भएको तर आफू भने बाहिर जानुपर्ने बाध्यता रहेको उनले बताइन् । आफ्नो कार्यकक्षमा पाँचजनाभन्दा बढी नअटाउने उनको भनाइ छ । हरेक महिनाको ५ गते बोर्डको बैठक गर्ने निर्णय भए पनि अहिलेसम्म बोर्डका सदस्यलाई जानकारी नै नदिई एकलौटी रूपमा निर्णय गरिएको उपमेयर मीनाको आरोप छ । मेयर यादवले भने योजनाको विषयमा कुनै असन्तुष्टि नरहेको दाबी गरे । माइन्युट च्यातेको विषयमा बुधबार छलफल गरिने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ
नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ
आर्मीले बागमतीलाई जितका लागि ९८ रनको चुनौती दियो
आर्मीले बागमतीलाई जितका लागि ९८ रनको चुनौती दियो
कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशनः पार्टी र नेतृत्वमाथि भइरहेको हमलाविरुद्ध खरो उत्रिनुस्
कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशनः पार्टी र नेतृत्वमाथि भइरहेको हमलाविरुद्ध खरो उत्रिनुस्
कांग्रेसले बल्ल चुनावको समीक्षा गर्दै, आजदेखि केन्द्रीय वैठक
कांग्रेसले बल्ल चुनावको समीक्षा गर्दै, आजदेखि केन्द्रीय वैठक
हिउँ परेपछि किसान खुसी
हिउँ परेपछि किसान खुसी
आठ वर्षपछि सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ बन्ने: दक्षिण भारतीय भाषामा समेत डबिङ गरी अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी
आठ वर्षपछि सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ बन्ने: दक्षिण भारतीय भाषामा समेत डबिङ गरी अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी
हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन
हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन
नेपालद्वारा पहिलो पटक टी–२० क्लिन स्वीप, मलेसिया ६ रनले पराजित
नेपालद्वारा पहिलो पटक टी–२० क्लिन स्वीप, मलेसिया ६ रनले पराजित
प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्रीबाट
प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्रीबाट
बारा र पर्साका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने
बारा र पर्साका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने