जम्मु–कश्मिरको पुलवामामा फेरि आतंकवादी आक्रमण

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
३२ पटक हेरिएको
Shares
जम्मु–कश्मिरको पुलवामामा फेरि आतंकवादी आक्रमण

सारांश

  • बीबीसी।
  • भारत प्रशासित जम्मु–कश्मिरको पुलवामा जिल्लाको पिंगलेना इलाकामा सोमबार विहानै एक आक्रमणमा भारतीय सेनाका चार जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
  • यो आक्रमण अहिले पनि जारी रहेको बीबीसीले जनाएको छ।
बीबीसी। भारत प्रशासित जम्मु–कश्मिरको पुलवामा जिल्लाको पिंगलेना इलाकामा सोमबार विहानै एक आक्रमणमा भारतीय सेनाका चार जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
यो आक्रमण अहिले पनि जारी रहेको बीबीसीले जनाएको छ।  प्रहरी प्रवक्ताले इन्काउन्टर जारी रहेको  र विस्तृत विवरण आउन बाँकी हरेको जनाए।
प्रहरीका अनुसार सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अपरेशन सुरु गरेका छन्।
उक्त इलामा चरपन्थी लुकेर बसेको सूचनाका आधारमा सेनाले अपरेशन सुरु गरेको थियो। सेनाले अपरेशन सुरु गरेपछि चरमपन्थीले सेनामाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
सेनाको नेतृत्वको संयुक्त टोली गत हप्ता बिहीबार सीआरपीएफको अखडामा आक्रमणपछि चरमपन्थी विरुद्ध खोजी अभियानमा जुटेको छ। केही संदिग्ध इलामा सेनाका जवानले वार्निङ फाएरिङ गरेपछि चरमपन्थीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। उक्त आक्रमणमा चार जवानको मृत्यु भएको छ, मृत्यु हुनेमा एक मेजर पनि रहेका छन्।
मृत्यु हुनेमा सैनिक मेजर डीएस डोंडिअल, हबल्दार सावे राम, सिपाही अजय कुमार र हरि सिंह रहेका छन्। घाइते सिपाहीको नाम गुलजार मोहम्मद हो। उनलाई सेनाको अस्पतालमा भर्ना गरिएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?