उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २३, २०७७
|
|
३८ पटक हेरिएको
Shares
उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा

सारांश

  • काठमाडौं, २३ साउन ।
  • काठमाडौ उपत्यकामा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमितको सख्या थपिएका छन् ।
  • स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा.

काठमाडौं, २३ साउन । काठमाडौ उपत्यकामा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमितको सख्या थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज एक सय ६ जना संक्रमित थपिएको जानकारी दिए ।

लकडाउन खुकुलो भएसँगै देशभर कोरोना संक्रमितको सख्या ह्वात्तै बढ्दा काठमाडौंमा अवस्था गम्भिर भएको हो । योसँगै उपत्यकाका तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा गरिएको छ । शुक्रबार मात्रै उपत्यकामा १०६ जना कोरोना संक्रमित थपिएका मध्ये काठमाडौमा ९२, ललितपुरमा ११ र भक्तपुरमा ३ जनामा कोरोनासंक्रमण पुष्टि भएको हो । हालसम्म उपत्यकाका ३ वटा जिल्लामा जम्मा गरी ९ सय ८१ जनामा कोरोना संक्रमित भेटिएका छन् ।हालसम्म काठमाडौमा ७ सय ६२ जना, ललितपुरमा १ सय ४५ जना र भक्तपुरमा ८१ जना कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आज देशभर ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म २२ हजार २ सय १४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?