भारतको कानपुरलाई टी–२० को उपाधि

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
६१ पटक हेरिएको
Shares
भारतको कानपुरलाई टी–२० को उपाधि

सारांश

  • जनकपुरधाम।
  • तेस्रो शहीद कप क्रिकेट प्रतियोगिता–२०७५ को उपाधि भारतको सोने कानपुर क्रिकेट क्लबले जितेको छ।
  • जनकपुरधामको  बाह्रबिघाको खेलमैदानमा मङ्गलबार भएको अन्तिम खेलमा सोने कानपुर क्रिकेट क्लबले जनकपुरधाम क्रिक्रेट क्लबलाई ७ विकेटले हराएर सो उपाधि जितेको हो।
जनकपुरधाम। तेस्रो शहीद कप क्रिकेट प्रतियोगिता–२०७५ को उपाधि भारतको सोने कानपुर क्रिकेट क्लबले जितेको छ। जनकपुरधामको  बाह्रबिघाको खेलमैदानमा मङ्गलबार भएको अन्तिम खेलमा सोने कानपुर क्रिकेट क्लबले जनकपुरधाम क्रिक्रेट क्लबलाई ७ विकेटले हराएर सो उपाधि जितेको हो। 
जनकपुरधाम क्रिकेट क्लबले टस जिती निर्धारित २० ओभरमा ११३ रनको लक्ष्य दिएकामा कानपुर क्रिक्रेट क्लबले १८औँ ओभरमा सो लक्ष्य पूरा गरेको थियो। मधेश आन्दोलनका शहीदको स्मृतिमा आयोजित सो प्रतियोगितामा प्रथम हुने टिमले रु दुई लाख ११ हजार र दोस्रो हुने टिमले रु एक लाख पाँच हजार प्राप्त गरेका छन्।
नेपालको जनकपुरधाम, वीरगञ्ज, भैरहवा, विराटनगर र कलैया तथा भारतको कानपुर, दरभङ्गा, पटना र मुझफरपुर टिमको सहभागिता रहेको सो प्रतियोगितामा युनाइटेड क्रिक्रेट क्लबका शेफ अलीलाई उत्कृष्ट ब्याट्समेन र भारतका सोने क्रिकेट क्रिकेट क्लबका शिवमु दीक्षितलाई उत्कृष्ट बलरको पुरस्कार प्रदान गरिएको थियो।
विजयी टिम र खेलाडीलाई पूर्वमन्त्री राजेन्द्र महतो, प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पुरस्कार र शिल्ड प्रदान गरेका थिए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलो सुन काण्डका नाइके छाड्नेलाई सर्वोेच्चले सोध्यो, ‘किन छोडेको?’
३३ किलो सुन काण्डका नाइके छाड्नेलाई सर्वोेच्चले सोध्यो, ‘किन छोडेको?’
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
तरकारी खेतीमा किसानको आकर्षण
तरकारी खेतीमा किसानको आकर्षण
युवालाई कोरोना भाइरसको संक्रमण हुने सम्भावन कति
युवालाई कोरोना भाइरसको संक्रमण हुने सम्भावन कति
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुः शिक्षामन्त्री पोखरेल
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुः शिक्षामन्त्री पोखरेल
खुमबहादुर खड्काकाे राजनीतिक उतारचढाव, धेरैपटक सत्ताको लाभ
खुमबहादुर खड्काकाे राजनीतिक उतारचढाव, धेरैपटक सत्ताको लाभ
खाडी क्षेत्रमा युद्धको बादल
खाडी क्षेत्रमा युद्धको बादल
निर्माण व्यवसायीद्वारा बालुवाटारमा धर्ना
निर्माण व्यवसायीद्वारा बालुवाटारमा धर्ना
तिहारलगत्तै दल विभाजनसम्बन्धी अध्यादेश आउने
तिहारलगत्तै दल विभाजनसम्बन्धी अध्यादेश आउने
सुरक्षा संवेदनशीलताका कारण जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा ठप्प, कर्फ्यु हटेपछि मात्र सञ्चालन हुने
सुरक्षा संवेदनशीलताका कारण जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा ठप्प, कर्फ्यु हटेपछि मात्र सञ्चालन हुने