महिला विश्वकप छनोट क्रिकेटमा नेपालले चीनलाई ५ रनले हरायो
सारांश
- काठमाडौं १३, फागुन ।
- महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले चौथो जित हात पारेको छ।
- सोमबार थाईल्याण्डको बैंककमा भएको खेलमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ ।
काठमाडौं १३, फागुन ।महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले चौथो जित हात पारेको छ। सोमबार थाईल्याण्डको बैंककमा भएको खेलमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ ।
नेपालले दिएको ७८ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्र बनायो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनाएको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाईन् । यस्तै सिता राना मगरले ११ रन जोड्दा बिन्दु रावलले १० रन जोडिन ।
अब नेपालले कुवेतसंग बुधबार खेल्नेछ । छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन्। राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।
प्रतिक्रिया