७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
२५ पटक हेरिएको
Shares
७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी

सारांश

  • काठमाडौं ।
  • प्रदेश नम्बर दुईका आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहमध्य ७० वटा स्थानीय तहको मतगणना कार्य सुरु भएको छ ।
  • तीन वटा वडाकाे नतिजा सार्वजनिक हुँदा दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी भएका छन् ।

काठमाडौं । प्रदेश नम्बर दुईका आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहमध्य ७० वटा स्थानीय तहको मतगणना कार्य सुरु भएको छ । तीन वटा वडाकाे नतिजा सार्वजनिक हुँदा दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी भएका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ को अध्यक्षमा माओवादी केन्द्रका मोहनबहादुर खत्री ३४२ मत ल्याएर विजयी भएका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार विजयी भएका छन्।

र्लाहीको बरहथवा नगरपालिकाको – १८ मा संघीय समाजवादी फोरमका प्यानलसहित विजयी भएको छ । वडा अध्यक्षमा मुलेश्वर राय प्यानलसहित विजयी भएका हुन् ।

बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख छ ।

सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले यो वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?